कोरोनाः संक्रमित संख्या ३३ हजार ५३३

मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए। मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्। यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष छन्।

प्रतिक्रिया

प्रतिक्रिया