अट्वारी मनाउँदै बाँके-बर्दियाका थारु समुदाय

मुख्यमन्त्रीले दिंदै भनेका छन्, कोभिड—१९ विरुद्धको संघर्षमा विजय हासिल भएपछि आगामी वर्षहरुका चाडपर्वहरु उल्लास र खुशीका साथ मनाउने छौं ।


आज आइतवार थारु समुदायको महत्वपूर्ण पर्व अट्वारी । प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अटवारीको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समस्त थारु समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, नेपाल बहुभाषिक र बहुजातीय मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको छ । समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएका छन् । यो नेपाली समाजको विशेषता अरुका लागि पनि अनुकरणीय छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ भन्दै मुख्यमन्त्री पोखरेलले आफ्नो सन्देशमा भनेका छन्, संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको छ । अहिले मुलुक संविधानको व्यवहारिक कार्यान्वयनको यात्रामा अघि बढेको छ । संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने वातावरण बनेको छ ।
मुख्यमन्त्री पोखरेलले कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रीत रहेका बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको उल्लेख गरेका छन् । राज्यले स्वास्थ्य सुरक्षाका लागि चालेका कदममा नागरिकको पूर्णतः पालनाले मात्रै कोभिड—१९ लाई जित्न सकिन्छ, मुख्यमन्त्री पोखरेलले भनेका छन्, चाडपर्व भन्ने बित्तिकै उल्लासको वातावरण हुन्छ । तर, यो वर्ष चाडपर्वहरुमा उल्लासको वातावरण छैन् । कोभिड—१९ विरुद्धको संघर्षमा विजय हासिल भएपछि आगामी वर्षहरुका चाडपर्वहरु उल्लास र खुशीका साथ मनाउने छौं ।

प्रतिक्रिया

प्रतिक्रिया