आजैमात्र २० जनामा संक्रमण
बाँकेमा शुक्रवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले शुक्रवार पहिलो चरणमा १६ जनाको नतिजा सार्वजनिक गरेकोमा आजै साँझ थप ४ जनामा संक्रमण पुष्टि गरेको हो । योसँगै पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेमा २० जना पोजेटिभ थपिएका छन् । यसअघि दिउसो नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका १४ जना, राप्तीसोनारी गाउँपालिकाका २ र बर्दियाका ६ गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बाँकेमा कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, यससँगै बाँकेमा कोरोना संक्रमित हुनेहरुको संख्या ८०७ पुगेको छ । त्यसमध्ये ५४७ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको ज्यान गएको छ । अहिलेपनि २५६ जना आइसोलेसनमा उपचारार्थ भर्ना छन् ।