कोहलपुरमा पूर्णलकडाउन: संघ भर्सेस सरकार ?

लकडाउनको विषयलाई लिएर भएका घटनाक्रमले कोहलपुर नगरपालिका र उद्योग वाणिज्य संघबीच तनाव बढ्ने संकेत


स्थानीय प्रशासनले लकडाउनको विकल्पमा बन्दाबन्दी र निषेधाज्ञालाई खुकुलो बनाए पनि आमनागरिक अनुशासित नबन्दा संक्रमण फैलिदै गएको स्वास्थ्यकर्मीको भनाइ छ । संक्रमणको जोखिमको बेवास्ता गर्दै बजार निस्किने, मास्क नलगाउने, भौतिक दुरी समेत कायम नगर्दा अवस्था जटिल बन्दै गएको स्वास्थ्य कार्यालय बताउने गरेको छ ।
फलस्वरुप कोहलपुर नगरपालिकाले ६ दिनका लागि कोहलपुर क्षेत्रमा आज आइतबार देखि भदौ ५ राति १२ बजेसम्म लकडाउन गर्ने सुचना जारी गरेको छ ।
कोरोना संक्रमित दिन दिनै फेला पर्न थालेपछि न्यूनिकरणका लागि शनिवार बसेको सर्वपक्षिय वैठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय,सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तिय संस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
स्थानीय सरकारले गरेको निणर्ययलाई कोहलपुर उद्योग वाणिज्य संघले भने अवज्ञा गर्ने भन्दै चुनौती दिएको छ । संघले कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पठाउँदै पदाधिकारी बैठकबाट लकडाउन अवज्ञाको निर्णय गरिएको जनाएको छ । संघले अघि सारेको ७ बूँदे ध्यानाकर्षणमा नगरपालिकालाई विभिन्न आरोपसहित चुनौती दिइएको छ ।
लकडाउनको विषयलाई लिएर भएका घटनाक्रमले कोहलपुर नगरपालिका र संघको तनाव बढ्ने संकेत देखापरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया