कोरोनाः बाँकेमा थप १० मा संक्रमण

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको बढ्ने क्रममा आज शनिवार थप १० जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिका संयोजक राम बहादुर कुरुम्वांगले बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठलाई उदधृत गर्दै, शनिवार १० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बाँकेमा विहीवारमात्रै २२ जनामा संक्रमण पुष्टि भएको बाँकेमा हिजो शुक्रवार ११ जनामा संक्रमण भएको पुष्टि गरिएको थियो ।
फोकल पर्सन श्रेष्ठका अनुसार, संक्रमित १० मध्ये ९ जना नेपालगन्जका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया