जालसाजीको अभियोगमा सजाय दिइएका एक जना व्यक्तिलाई बाँके प्रहरीले शुक्रवार पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना भइ फरार अवस्थामा रहेका व्यक्तिलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको हो ।
बाँके प्रहरीका प्रवक्ता, डिएसपी सुवास खड्काले दिएको जानकारी अनुसार, नरैनापुर गाउँपालिका २ स्थित सीमा प्रहरी चौकी सुइयाबाट खटिएको प्रहरी टोलीले नागरिकता सम्बन्धि जालसाजीमा अदालतले अभियोग प्रमाणित भइ सजाय सनाइसकेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर २ का लासरिक खाँ हुन् । उनलाई शुक्रवार बिहान पक्राउ गरि जिल्ला अदालतमा बुझाइएको प्रहरी प्रवक्ता खड्काले बताएका छन् ।
खाँलाई नागरिकता जालसाजी मुद्दामा जिल्ला अदालतले ५० हजार जरिवाना सुनाएपछि फरार भएका थिए । बाँके प्रहरीले पछिल्ला दिनमा अदालतबाट फरार अपराधीहरुलाई पक्राउ गर्ने क्रमलाई पनि तिब्रता दिएको छ ।
(फाइल तस्विरः प्रहरी कारबाहीमा पक्राउ परेका दुई युवा । उनीहरुलाई लागु औषधका मामिलामा पक्राउ गरेको हो ।)











