प्रदेश सरकारले खजुरा शुसील कोईराला अस्पतालमा रहेको कोरोना आईसोलेशन अस्पताललाई भेरी अस्पतालमा संचालन गर्ने निर्देशन अनुसार आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाड० र नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरले स्थलगत अनुगमन गर्नुभएको छ ।
भेरी अस्पतालमा निर्माण भएको नयां भवनमा संचालन हुने आईसोलेशन अस्पतालको तयारीको वारेमा भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल मे सु डा. प्रकाश थापा र वरिष्ट चिकित्सक डा.श्याम सुन्दर यादवले जानकारी गराउनुभएको थियो । भेरी अस्पतालमा करिव १ हप्ता भित्र आईसोलेशन संचालनमा आउने कामको तयारी तिब्रगतीमा भईरहेको छ । साथै कोरोना परिक्षण ल्यावको समेत अनुगमन गरि ल्यावमा खटिनुहुने कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाड० र उप प्रमुख उमा थापा मगरले २४ घण्टाको उर्जाशिल खटाई, पेशा प्रतिको निष्ठा, मातृभुमि प्रतिको कर्तव्यवोध देख्दा उहांहरूको भन्दा हाम्रो मनोवल उच्च भएको जनाउनुभएको छ ।