सीमाना बन्द हुँदापनि कसरी छिर्दैछ तस्करीको सामान ?

मुलकमा लकडाउन शुरु भएदेखि शिल भएको नेपाल भारत सीमाना अझै खुलेको छैन । सीमाना शिल हुँदा आवागमनमा बाधा पुगेको भन्दै जनस्तरबाट सहजीकरण माग भइरहेको छ । तर, यसबीच भन्सार छली अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ बरामद भएका समाचार दिनहुँजसो प्रकाशमा आएका छन् ।
बुधवारमात्रै अबैध तरिकाबाट ल्याइदै गरेको मालसामान बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले चौकी लक्ष्मणपुरको टोलीले नरैनापुर गाउँपालिका वडा नं. २ बाट सुर्ति र पान बरामद गरेको हो । दिनहुँ अबैध तस्करी रोक्न खटिएका प्रहरीका अनुसार, भारतीय सुरक्षाकर्मीको मिलेमतोमा निर्वाध तस्करी भइरहेको छ ।
बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले बुधवार बिहान १ बोरा पानको पात र ९२ पोका सुपर पावर सुर्ति नियन्त्रणमा लिइएको जानकारी दिए । बरामद गरिएको सुर्ति र पान आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
लकडाउनबीच बजारमा आएका सुर्तीजन्य पदार्थ, पान लगायतका पदार्थ अधिकांश अवैध तरिकाले तस्करी गरि ल्याइएका हुन् । तस्करी गर्नेहरुले सीमा शिल हुनुको फाइदा उठाइरहेका छन्, निरन्तर भइरहेको तस्करी नियन्त्रणमा नआएपछि टोली परिचालन गरेको बाँके प्रहरीले दिहुँजसो अवैध मालसामान नियन्त्रणमा लिइरहेको छ । तस्करीमा संलग्नहरुले कोरोनाको जोखिम समेत निम्त्याइरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया