बाँकेमा जारी निषेधाज्ञा पुनः बढाइएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम आगामी मंगलबार राती १२ बजेसम्मका लागि बढाइएको हो ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको संयोजकत्वमा भएको सेन्टरको बैठकले वर्तमान समयको समिक्षा गर्दै मंगलबारसम्म निषेधाज्ञा थप गरेको हो ।
