निषेधाज्ञा के होला ?, सिसिएमसीको बैठक बस्दै

बाँकेमा लगाइएको निषेधाज्ञा आज मंगलबार राती १२ बजेबाट सकिंदैछ । पछिल्ला दिनमा सरकारी, सेवाग्राही कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना देखिएपछि नेपालगन्जमा समुदायमा नै कोरोना फैलिएको पाइन्छ ।


अब कसरी जाने भनेर जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक आज मंगलबार दिउँसो बस्दैछ । बैठकले निषधाज्ञालाई कसरी अगाडि बढाउने भन्ने छलफल गर्दैछ ।
प्रशासनले नेपालगन्जलाई पूर्ण रुपमा लकडाउन गरी अन्य क्षेत्र सतर्कतापूर्वक खोल्न सकिने गरी तयारी अगाडि बढाएको छ । त्यसमा सुरक्षाकर्मी, जनप्रतिनिधिको रायले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।


नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले लकडाउनलाई संक्रमित देखिएको क्षेत्रमा मात्रै सीमित गरी अन्य क्षेत्र खोल्नुपर्ने राय व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया