अदालतमा पस्यो कोरोनाः पाँच जनामा संक्रमण

बाँके जिल्ला अदालत कोरोना संक्रमणको हटस्पट देखिएको छ । भेरी अस्पतालमा आज गरिएको चेकजाँचमा १२ जनामा थप संक्रमण पुष्टि हँुदा अदालतका मात्रै पाँच जना छन् । भेरी अस्पतालका अनुसार, नयाँ संक्रमण भएकोमा आर्मी अस्पताल राँझाका एक जना चिकित्सक सहित ३ जना, अदालतका ५ जना, खजुराका १ जना लगायत छन् । हेर्नुस् अस्पतालको सूची ।


कारोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँके जिल्लामा आजबाट निषेधित क्षेत्र जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न आव्हान गरेका छन् । स्थानीय प्रशासनले हटस्पट पहिचान गरि सिल गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बद्धहरुसँग छलफल भइरहेको बताइएको छ ।
अदालतमा स्वाब संकलनसँगै कामलाई सिमित गरिएको छ । आन्तरिक राजस्व कार्यालय, याताायात व्यवस्था कार्यालयपछि अदालत हटस्पट देखिएको हो । विहीवार अदालतका एक जनामा संक्रमण पुष्टि भएपछि थप कर्मचारी र वकिलहरुको पीसीआर टेष्ट गरिएको बारका अध्यक्ष विकास आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया