
राजपा (जसपा)ले कोरोना परीक्षण र किसानहरुका लागि सहज मल आपूर्तिको माग गर्दै शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङलाई ज्ञापन पत्र बुझाएको छ ।
राजपा बाँकेले बकराईमा सामाजिक दुरी कायम गरी नमाज पढ्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । साथै संस्कृतिक परम्परा कायम राख्न रक्षाबन्धन तथा जनैपूर्णिमामा नेपाल–भारत आवागमनलाई पनि सहज बनाउन माग गरेको छ ।
राजपा (जसपा) जिल्ला अध्यक्ष गिरिजा प्रसाद पाठकद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पीसीआर परीक्षणमा आम नागरिकको पहुँच पुर्याउन माग गरिएको छ ।
