कोरोना कहरले बिपन्न समुदायलाई पारेको प्रभाव र सम्बोधनका उपायहरु

वसन्त गौतम

जनताको जीवनस्तर उकास्न कृषि क्षेत्रको बिस्तार र किसान लक्षित कार्यक्रम ल्याउनु पर्दछ

महेश्वर गहतराज ‘अथक’,

संघिय सांसद बाँके क्षेत्र नं १  


हरेक नागरिकको खान पाउने अधिकार सुनिश्चित हुनु पर्दछ

अमर ऐर, अध्यक्ष फियान नेपाल

बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतराज अथकले जनताको गरिवीलाई मध्यनजर राख्दै सरकारले जनताको जिवनस्तर उकाल्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन ।

रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जबाट आईतवार प्रशारित ‘खाद्य अधिकार हाम्रो सरोकार’ बिषयक रेडियो बहशमा कुराकानी गर्दै सांसद अथकले  कोरोना संक्रमणले मजदुर, किसान लगायत बिपन्न समुदायलाई पारेको प्रभाव कम गर्न कृषि क्षेत्रको बिस्तार र किसान लक्षित कार्यक्रमको बिस्तार, उद्योग र कलकारखाना संचालन गरि उत्पादन र रोजगारीको अवसर सृजना गर्नु पर्नेमा जोड दिएका थिए । मल र बिउँको अभाव खट्किएकोले त्यसको सहज आपुर्तिका लागी आफुले कृषि मन्त्रीसंग कुराकानी गरेको सांसद अथकले जानकारी गराएका थिए ।  

अन्तरवार्ताका क्रममा सांसद अथकले सरकारले कोरोनाले पारेको असर कर्म गर्न बैदेशिक राजगारबाट फर्केका युवालाई कृषि कार्यमा प्राथमिकता दिई आत्मनिर्भर बनाउने खालका कार्यक्रम ल्याएको बताएका थिए । उत्पादन बृद्धि, कृषिमा कोभिड १९ ले अर्थतन्त्रमा पारेको असर कम गर्न र बाँकेको राप्ती पारी क्षेत्रको बिकाशको लागी कृषि उत्पादनमा बृद्धि, कृषिमा लगानी, स्थानिय उत्पादनको बजारीकरणको ब्यवस्थापन मिलाउनु पर्ने र यसको लागी आफु प्रयासरत रहको सांसद अथकले बताएका थिए ।

रेडियो अन्तरवार्ताका क्रममा सांसद अथकले केन्द्र, प्रदेश र स्थानिय तहले किसानका नाममा दिएका अनुदान बास्तविक किसानसम्म पुग्नु पर्ने भन्दै कागज मिलाएर बिचौलियाले खाने प्रबृत्तिको अन्त्य हुनु पर्ने बताए । बास्तबिक कृषकको अनुदान बिचौलाले खाने परम्परा अन्त्य हुनु पर्ने र यसको प्रभावकारी अनुगमनको ब्यवस्था हुनु पर्नेमा सांसद अथकले जोड दिएका थिए । अव बिल मिलाएर खाने प्रबृत्तिको खवरदारी आवश्यक रहेको बताउदै सांसद अथकले सरकारले कृषि क्षेत्रमा राम्रो बजेट ल्याएको बताएका थिए । ‘अव किसानहरु जग्गाको एकिकरण र सामुहिक खेतीमा  लाग्नु पर्छ’ सांसद अथकले अन्तरवार्ताका क्रममा भनेका छन् ।

बाँकेको राप्तीपारी क्षेत्रका किसानको जिवनस्तर उकास्न कृषकले उत्पादन गरेका तरकारी दुध लगायतका खाद्य बस्तुको बजारीकरणको ब्यवस्था गर्ने र दिर्घकालिन बिकाशका लागी ठुला उद्योग कलकारखाना खोल्ने योजना ल्याई रोजगारीको अवसर सृजना गर्नु पर्ने भनी सांसद अथकले बताए । कोरोना संक्रमणको सुरुवाती अवस्थामा स्थानिय निकायले उचित ब्यवस्थापन गरि बजारीकरण गर्न नसक्दा किसानले उत्पादन गरेका तरकारी बारीमा कुहिने अवस्था आएको भन्दै सांसद अथकले अव स्थानिय तहले स्थानिय उत्पादनलाई प्रश्रय दिई बजारीकरणको ब्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए ।

कृषि उत्पादन बढाउनका लागी बिउबिजनको ब्यवस्थापन, किसानलाई आवश्यक पर्ने कृषि सामाग्रीको सहुलियत दरमा उपलब्धता गराउनु पर्ने सांसद अथबले बताए । बेरोजगारी समस्या हटाउन सबै उत्पादनमा जोडियो भने बर्तमान कोभिड १९ को महासंकटको सामाना गर्न सकिने भनी सासद अथकले रेडियो अन्तरवार्ताका क्रममा भनाई राखेका थिए । काम गरेर खाने वातावरण बनाउनु पर्ने भन्दै सांसद अथकले कृषकको नाममा पहुँचवालाले कागज मिलाएर खाने प्रबृत्तिका् अन्त्य गरिनु पर्नेमा जोड दिएका थिए ।  

अन्तर्राष्ट्रिय मापदण्ड बिपरित भारतले सिमा क्षेत्रमा पुर्व पश्चिम सडक निमार्ण गर्दा नेपाली खेतीयोग्य भुमि डुवानमा पर्ने गरेको र यसले खाद्य अधिकारमा पारेको प्रभाव बारे राखिएको प्रश्नमा सांसद अथकले भारतले अन्तर्राष्ट्रिय सन्धी सम्झौता बिपरित सडक बाँध बनाएको र जसका कारण नेपाली सिमा क्षेत्र डुवान पर्ने गरेकाले यसको समाधानका लागी सरकारले कुटनितिक तवरबाट समाधान खोज्ने, पानीको प्राकृतिक बहाव नरोक्ने कार्य गर्नु पर्नेमा जोड दिए ।

अन्तरवार्ताका अन्तमा सांसद अथकले कोरोनाबाट बच्दै आफना काममा नागरिकहरु लागी स्वरोजगार र उत्पादनमुलक कामका साथै कृषि कर्ममा लागेमा भोकले कोही नपर्ने बताएका थिए । गरिवी हटाउन केन्द्रिय सरकार लागेको उल्लेख गर्दै सांसद अथकले जनताको जिवनस्तर उकास्ने गरि कार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

रेडियो बहशमा बोल्दै फियान नेपालका अध्यक्ष अमर ऐरले राज्यले जस्तो कुनै परिस्थितिमा पनि आफ्ना नागरिकको खाद्य सुरक्षाको लागी काम गर्नु पर्नेमा जोड दिए । कोरोना कहरमा मजदुर र बिपन्न परिवारलाई दैनिक जिवन धान्न गाह्रो भएको फियान अध्यक्ष ऐरले बताए । हरेक नागरिकको खान पाउने अधिकार ब्यवस्थित र सुनिश्चित गर्नु पर्नेमा जोड दिदै फियान अध्यक्ष ऐरले खाद्य अधिकारको संरक्षण, संम्बद्र्धन र परिपुर्ति गर्ने राज्यको दायित्व भएको बताएका थिए । कोभिड १९ को संक्रमण फैलिन नदिन स्थानिय र केन्द्रिय सरकारबाट भएका कामको प्रसम्सा गर्दै फियान अध्यक्ष ऐरले क्वारेन्टाईन ब्यवस्थापन भने फितलो देखिएको भनी अन्तरवार्ताका क्रममा बताएका थिए । क्वारेन्टाईमा शौचालय र खानेपानीको समुचित प्रबन्ध नभएको भनी फियान अध्यक्ष ऐरले भनेका थिए ।

कोभिड १९ को संक्रमण फैलिन नदिन आवश्यक सतर्कता अपनाउन नसको उल्लेख गर्दै फियान अध्यक्ष ऐरले बजारको प्रभावकारी अनुगमन हुन नसक्दा मुल्यबृद्धि भएको र स्थानिय उत्पादनले बजार नपाएको बताएका थिए । खाद्य अधिकारको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै फियान अध्यक्ष ऐरले स्थानिय उत्पादनमा आधारित रोगजारीको ब्यवस्था मिलाउने, खाद्य सुरक्षा जोड दिन, राहत ब्यवस्थापनमा जोड दिने, स्थानिय सरकारले आफ्ना नागरिकको वास्तबिक अवस्थाको बारेमा तथ्याङ्क संकलन गरि आवश्यक कार्यक्रम ल्याउने, कलकारखाना र उद्योग धन्दा खोल्ने बातावरण बनाई रोजगारीको सृजना गर्न सकेमा खाद्य अधिकार संरक्षणमा मद्धत पुग्ने बताएका थिए ।

जस्तो सुकै परिस्थितिमा पनि नागरिकको खान पाउने र बाँच्न पाउने अधिकारको संरक्षण राज्यले गर्नु पर्ने भन्दै फियान अध्यक्ष ऐरले कृषि उत्पादन बढाउन किसानको लागी मल बिउँको ब्यवस्थापन गर्नु पर्ने भनी अन्तरवार्ताका क्रममा भनेका थिए । किसानहरुले बाली लगाउने बेला सहज तरिकाले मल बिउँ नपाएको प्रसङ्ग उल्लेख गर्दै ऐरले समयमै मल बिउँमा किसानको सहज पहुचको ब्यवस्था, कृषकले उत्पादन गरेका बस्तुको समुचित मुल्य निर्धारण र उत्पादन खेर जान नदिने बातावरणको निमार्ण गर्नु पर्नेमा जोड दिएका थिए ।

दैनिक नेपालगंजसंगको कुराकानीमा फियान नेपालका क्षेत्रीय संयोजक सुरेश कुमार गौतमले कोभिट १९ को संक्रमणले गरिखाने बर्ग, दैनिक ज्ुयालादारीमा काम गर्ने, गरिव, बिपन्न बर्गका मजदुरहरुलाई असर गरेको, खाद्य अधिकार र खाद्य सुनिश्चिततामा असर पारेको, उत्पादन गर्ने वातावरण नबनेको, उत्पादित बस्तुको बजारीकरणमा समस्या परेको, आयआर्जन नभए पछि खाद्य बस्तु खरिदमा समस्या परेकोले यसमा तिनै तहका सरकारको ध्यान जानु पर्ने बताए । 

प्रतिक्रिया

प्रतिक्रिया