खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको चौमासिक तथा बार्षिक प्रगति समिक्षा

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले आ.व. २०७६/७७ को तेश्रो चौमासिक तथा बार्षिक प्रगति समिक्षा नेपालगंजमा सम्पन्न भएको छ । कार्यालय प्रमुख, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्ञानेन्द्र प्रसाद मण्डलको अध्यक्षतामा भएको समिक्षा बैठकमा कोरोना कहरका कारण लक्ष्य अनुसार सबै कार्य सम्पन्न गर्न नसकिए पनि सिमित श्रोत साधनका बाफजुट उल्लेख्य कार्य गर्न भएको बिश्लेषण गरिएको थियो ।


खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुबेदीले संचालन गरेको कार्यक्रममा नेपालगंज, दाङ्ग, सुर्खेत र जुम्ला जिल्ला कार्यालयले गरेका कार्य प्रगती बिवपरण प्रस्तुत गरिएको थियो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंजका तर्फबाट खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुबेदी बार्षिक प्रगति प्रतिवेदन प्रस्तुति गर्दै दुधमा न्युट्रलाइजर उपस्थित गराएको आरोपमा एक दुग्ध ब्यवशायी उपर बाँके जिल्ला अदालतमा मुद्धा गरिएको, खाद्य ऐन र दाना ऐन बमोजिम ११४ वटा नमुना नमुना संकलन गरिएको, प्रयोगशालामा कुल नमुना परिक्षण र खाद्य पदार्थ र दाना पदार्थ गरी जम्मा ११७२ परिक्षणको काम गरिएको, ३१६ वटा अनुज्ञापत्र जारी, नविकरण र सिफारिसको काम गरिएको, ४६ वटा होटलहरुको स्तरिकरण गरिएको जानकारी गराएका थिए ।


यसै नेपालगंजको कार्यालयले १ पटक खाद्य प्रशोधन आधारभूत तालिम संचालन गरिएको, २ पटक स्ट्रिट फुड ह्यान्डरलाई खाद्य स्वच्छता तालिम दिईएको, २ वटा खाद्य पोषण तालिम संचालन गरिएको, एक बिद्यालयमा विद्यालय शिक्षकहरुलाई खाद्य स्वच्छता र पोषण सम्बन्धि तालिम दिईएको, एउटा खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास तालिम दिईएको, खाद्य उद्यमीहरुलाई खाद्य स्वच्छता सम्बन्धि २ वटा तालिम संचालन गरिएको, दुईवटा खाद्य उद्यमीहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिम संचालन गरिएको, बाँकेका पत्रकारहरुलाई खाद्य स्वच्छता रिपोर्टिंग तालिम र दुई वटा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता भेला तथा सचेतना कार्यक्रम संचालन गरेको खाद्य निरिक्षक सुवेदीले जानकारी गराएका थिए ।


समिक्षा कार्यक्रममका खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दाङका कार्यालय प्रमुख विवेक बन्जाराले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै आव २०७६/०७७ मा बार्षिक पारित प्रगती प्रतिशत ७० प्रतिसत रहेको जानकारी गराएका थिए । बार्षिक बित्तिय प्रगती प्रतिशत ५२ दशमलव ५ प्रतिशत रहेको बन्जाराले बताएका थिए ।


कार्यक्रमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतका कार्यालय प्रमुख भेष बहादुर थापाले बार्षिक प्रगति प्रगती बिवरण प्रस्तुत गर्दै बार्षिक पारित प्रगती प्रतिशत ९० प्रतिसत रहेको जानकारी गराएका थिए । बार्षिक बित्तिय प्रगती प्रतिशत ३९ दशमलव ८८ प्रतिशत रहेको थापााले बताएका थिए ।


यसै गरि जूम्ला कार्यालयका तर्फबाट खाद्य निरिक्षक नेत्रा बोगटीले कार्यप्रगती प्रस्तुत गर्दै बार्षिक पारित प्रगती प्रतिशत ७२ दशमलव २९ प्रतिसत रहेको जानकारी गराएका थिए । बार्षिक बित्तिय प्रगती प्रतिशत ६९ दशमलव ६४ प्रतिशत रहेको बोगटीले बताएका थिए ।


कार्यक्रमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्यले बार्षिक कार्य प्रगती समिक्षा गर्नु राम्रो भएको उल्लेग गर्दै देखिएका कमी कमजारै औल्याउदै लक्ष्य अनुसारको गुणस्तरिय सेवा प्रवाहका लागी शुभेक्षा दिएका थिए । उपभोक्ता अधिकारको संरक्षणका लागी आफुहरु मिलेर का मगर्न चाहेको उल्लेख गर्दै गौतमले उपभोक्ता शिक्षा र खाद्य स्वच्छतामा जोड दिएका थिए ।
कार्यक्रमा बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्याल, नापतौल कार्यालयका योगेन्द्र पौडेल कृषि ज्ञान केन्द्र सकिल अहमद, उपभोक्ता हित संरक्षण मञ्चका ५ नं प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।


दरबन्दी अनुसारको आवश्यक जनशक्तिको कमी लगायतका साधन श्रोतको अभाव र कोरोना कहरका कारण लक्षित गरिएका सबै कार्य सम्पन्न गर्न नसकिएको भनी समिक्षा बैठकमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया