‘उच्च अदालतका ६६० मुद्धा फछ्यौट’

वसन्त गौतम

उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले २०७७ असार मसान्तसम्म एक बर्षको अवधीमा ६६० मुद्धा फछ्यौट गरेको छ ।


गत सालको जिम्मेवारी सरेको ४८९ र यस आर्थिक बर्षमा दर्ता भएका ८४९ गरि १३३८ मुद्धा मध्ये ६६० मुद्धा फछ्यौट भएको अदालतका रजिष्ट्रार चिन्तामणि शर्माले जानकारी दिए ।
कोरोना संक्रमणका कारण लागु भएको लकडाउनको अवधीभरमा उच्च अदालत नेपालगंजमा ८३ थान मुद्धा दर्ता भएका छन् । जसमा देवानी ६, सरकारवादी र दुनियावादी फौजदारी ४२, रिट १९, बन्दीप्रत्यक्षिकरणका ६ थान मुद्धा दर्ता भएका छन् । लकडाउन अवधीमा देवानी ४, सरकारवादी फौजदारी ४९, बन्दीपत्यक्षिकरणका ५ थान मुद्धा फछ्यौट भएको रजिष्ट्रार शर्माले जानकारी दिए ।


अदालतमा एक बर्ष नाघेका १०१ र १८ महिना नाघेका ६५ मुद्धा रहेका छन् । कोरोना संक्रमणका कारण न्याय सम्पादनमा असर परेको रजिष्ट्रार शर्माले बताए । दुई बर्ष नाघेको दुनियावादी देवानी १ थान मुद्धा फैसला हुन बाँकी छ ।

प्रतिक्रिया

प्रतिक्रिया