कोरोनाः जोखिम अझै बढ्दो

नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये बाँकेमा तीन जनामा संक्रमण पुष्टि भएको कोभिड म्यानेजमेन्ट कमिटिका संयोजक समृत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम कुरुम्वांग जानकारी दिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मुलुकभर कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४ सय जना बाँकेका छन् । १३ हजार ५३ जना निको भएका छन् । निको हुनेमा ३६८ जना बाँकेका हुन् ।
बाँकेको नेपालगन्जमा समुदायस्तरमा लिइएको स्वाब परिक्षणमा समेत पोजटिभ केश फेला परेपछि थप सतर्कता आवश्यक देखिएको प्रजिअ कुरुम्वांगले बताएका छन् ।
मृत्यु हुनेको संख्या ४५
कोरोना भाइरस संक्रमणबाट बाराकी १७ वर्षीया एक किशोरीको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १७ वर्षीया किशोरीको शुक्रबार बेलुकी निधन भएको जानकारी दिए।
लापरवाही बढ्दै:
नेपालगन्जमा सडकमा गरिएको चेकजाँचमैं संक्रमणका घटना पुष्टि भइरहँदा विना मास्क र विना भौतिक दुरी बजार व्यवसाय सञ्चालन गरिएका छन् । (हेर्नुस भिडियो)

प्रतिक्रिया

प्रतिक्रिया