सडकमा सुरक्षा बिनै बस, बढ्यो जोखिम

सञ्चालनमा आयो यातायात

बिहीबारदेखि बाँकेमा छोटो दुरीका यातायातका साधन सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरी सवारीसाधन सञ्चालन गर्ने भनिएपनि बाँकेमा त्यसो भएको पाइँदैन । गत चैत्र ११ गते भएको लकडाउनको सरकारले अन्त्य गरेपछि सवारीसाधन सञ्चालन सुरु भएको हो ।

सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको झण्डै दुई सातापछि मात्रै यातायात व्यवसायीले सवारीसाधन सञ्चालन गर्न सुरु गरेका हुन् । छोटो दुरीका सवारी सञ्चालनको अनुमति दिइएपनि लामो दूरीको यातायात सेवा भने भदौ १ गतेबाट मात्रै सञ्चालनमा आउनेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी छोटो, मध्यम तथा लामो दूरीमा जिल्लाभित्र बिहीबारबाट र अन्तर जिल्लामा सञ्चालन हुने गरी निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसमेत भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय सोमबार गरेको थियो ।

यातायात सञ्चालनमा आउने भएपछि बाँके प्रहरीले पनि त्यसबारे छलफल गरेको छ । यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने साथै सो अवस्थामा कोरोना भाईरसको संक्रमणबाट जोगिन गर्नु पर्ने तयारीका सम्वन्धमा यातायात व्यवसायी संघका पदाधिकारीहरुसंग प्रहरीले छलफल गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया