भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले घुस सहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ सहित कम्प्युटर अपरेटरलाई समातेको हो । अख्तियार सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले कमिसनको रकम सहित अपरेटरलाई समातेको पुष्टि गरेका छन् ।