सत्तामा सहभागी दलका नेताहरु मा देखापरेको आत्मकेन्द्रित सोंच अनि पद्लोलुप्ताबाट सिङ्गो ब्यबस्था तथा बाम ब्यक्तित्व प्रति नै जनतामा बितृष्णा उत्पन्न हुनसक्ने सम्भावना पनि बढ्दो छ । तर, देशको यो चौतर्फी जग हँसाई अनि बेइज्जति बारे नेकपाका कुनै नेतालाई समय निकालेर सोंच्ने सम्म फुर्सद भएजस्तो मैले भेट्टाइन ।

आज देशले बिश्व राजनीतिक वातावरण बुझेर समयानुकुल साेंच्ने अनि देश र जनताको हितमा समयमंै उपयुक्त निर्णय गर्न सक्ने आँट र क्षमतावान राष्ट्रबादी नेता बीपी कोइरालालाई गुमाएको पनि ३८ बर्ष पुगे छ । त्यो जमानाका नेता गुमाएपछि आजको पुस्ताको ( विभिन्न राजनीति दल) नेतृत्वबाट देश र जनताले के कति दुर्गती भोग्दैछांै सो बारे वर्णनको खाँचो सम्भबतः आजको पुस्तालाई नहोला ।


मैले पहिलो पटक वीपीलाई १९६९ मा बनारस को मैमुरगन्ज (निबास) मा भेटने अबसर पाएँ । त्यो अबसर जुराईदिनु हुने तत्कालिन दङ्गाली युवा नेताहरु रामकुमार (अनाडी), स्व. छबिकुमार र स्व. मोहन केसी (भैरहवा) लाई म आज पुनःस्मरण गर्न चाहन्छु । त्यस दिन पछि म प्रायः बीपी र पुष्पलालद्वारा सम्बोधन गरिने कार्यक्रममा जान थालें । तर म बैचारिक दृष्टिले नेपाली काँग्रेसको नजिक कहिले पनि भइन् । त्यति हुँदाहुँदै पनि बीपी प्रतिको मेरो सम्मानमा कमि पनि आएन । मैले कहिले पनि राजनीतिक आस्थाका आधारमा कसैसंग न सम्बन्ध गाँसे न बिगारे बरु राजनीतिक नैतिकतालाई नै आधार बनाएर आफ्नो पेसालाई मर्यादित अनि सम्मानित बनाउने दिशामा लागि रहेँ । सोको लेखा जोखा सम्मानित समाजका ब्यक्तिहरुबाट हुने नै छ ।


सायद म आज जे छु त्यसको मुख्य आधार मेरै पारिबारिक पृष्ठभूमि अनि समकालीन ( राष्ट्रिय र बाह्य ) नेताहरुका बारेको मेरो साेंचाई र बुझाई नै हुनुपर्छ । मलाई सम्झना भए अनुसार, बीपी कोइरालाको मृत्यु पछि अखिल भित्र सम्बेदना दिन जाने न जाने कुरामा बहस हुँदा म जाने पक्षमा उभिए भने अधिकांश अनेरास्ववियुका केन्द्रीय सदस्यहरु न जाने पक्षमा देखापरे । तर, म भने त्रिचन्द कलेजमा राखिएको शोकपुस्तिकामा आफ्नो उपस्थिति देखाउन पुगे । यस कुराले मलाई कांग्रेस परस्त भन्ने आरोप त्यति बेलाको केन्द्रीय कमिटिमा लगाइयो । तर, त्यस कुरामा मलाई रत्तिभर पनि आत्मग्लानी कहिले भएन । किनभने मैले आर्जन गरेको ज्ञान र बिबेकले मलाई कहिले पनि धिक्कार गरेन । बरु देर सबेर मलाई आरोप लगाउने अधिकांस मेरा त्यति बेलाका सहकर्मी र सहपाठीहरु केही दिन पछि मेरै लाइनमा आउनु भयो । बिभिन्न समयमा संयुक्त सरकारमा आएर राज्यका अचभबmथ पदहरुमा समेत पुगेर देशको ढुकुटी दोहन गर्न समेत भ्याउनु भयो । यति मात्र हैन बाँके जिल्ला पन्चायतको हलमा एक कार्यक्रम राखिएको थियो र त्यसै दिन काठमाडौं देखि पोखरा जाने बीपीको कार्यक्रम थियो । राजनीतिशास्त्रको शिक्षकको हैसियतमा मलाई पन्चायती प्रजातन्त्रका बारे बोल्न निम्तो थियो । म भनेकै समयमा पुगें । उक्त कार्यक्रममा जिल्लाका हाकिमहरु, प्रहरी, सभापति, अन्चलाधिश लगायतले हल भरिभराउ थियो । उक्त कार्यक्रमका अधिकांस बक्ताहरुले बीपीलाई फाँसी दिनुपर्छ भन्ने भनाइ राखे ( म नाम उल्लेख गर्दिन)। तर मेरो आदर्श र राजनीतिक मान्यताले त्यो कुरालाई अस्वीकार गर्याे । म एक्लैले फाँसीको बिपक्षमा बोल्ने आँट गरेँ । ( यदि रेकर्ड राख्ने प्रचलन भए रेकर्ड पनि होला । प्रेम ब भण्डारी, फत्तेसिंह थारु, शान्तिशम्शेर आदि कार्यक्रममा सहभागी पनि हुनुहुन्थ्यो)
म आफु बीपी कोइरालाको भन्दा फरक बिचार राख्ने भएता पनि मेरो अन्तरआत्माले देखेको कुरा लेख्ने गर्थें । आज उनै नेता जसले बाचुन्जेल बीपी चोर देश छोड जस्ता नारा सुन्नु पर्याे, भने पुष्पलालले पनि गद्दारको पगडि गुथ्नु पर्याे । आज म दलगत राजनीतिक अन्यायमा परेका यी दुबै राष्ट्रिय बिभूतिरुमा श्रध्द्धान्जलि अर्पण गर्दछु । ती नेता तथा कार्यकर्तालाई देश र जनताका खातिर सहि र समयानुकुल निर्णय गर्न अबेर नगर्न समेत अनुरोध गर्दछु ।


यतिखेर मुलुक एकातिर ईतिहासमंै नदेखिएको सङ्कट माझ जुधिराखेको छ । अर्काेतर्फ सत्तामा सहभागी दलका नेताहरु मा देखापरेको आत्मकेन्द्रित सोंच अनि पद्लोलुप्ताबाट सिङ्गो ब्यबस्था तथा बाम ब्यक्तित्व प्रति नै जनतामा बितृष्णा उत्पन्न हुनसक्ने सम्भावना पनि बढ्दो छ । तर, देशको यो चौतर्फी जग हँसाई अनि बेइज्जति बारे नेकपाका कुनै नेतालाई समय निकालेर सोंच्ने सम्म फुर्सद भएजस्तो मैले भेट्टाइन । जस्को परिणाम कहिले न टुङ्गिने सचिबालय बैठक र प्रारम्भ नहुने केन्द्रीय कमिटिका बैठक हुन् ।


त्यसमाथि दिउसो को ३ र ४ बजेबाटै ट्ेन्सन फ्रि हुने उपायको खोजिमा लाग्ने टाठाबाठा कार्यकर्ता अनि त्यसको बन्दोबस्तीमा लाग्नुपर्ने बाध्यताबाट आक्रान्त नेतृत्व पङ्ति ले देशको बर्तमान सङ्कटको समाधान सजिलै गर्ला जस्तो मलाई लाग्दैन । हाल देशको हरेक क्षेत्र किमकर्तब्यबिमुख छ । कतिलाई काम अनि माम छैन । त्यतातिर कसैले सोच्नसम्म चाहेको देखिंदैन । नेपाली काँग्रेस आफै कुइरोको काग जस्तो भएको छ । भने, नेकपा आफुभित्रको मनमुटाव, पदीय लेनदेनका अतिरिक्त एकले अर्कालाई देखाईदिने मानसिकताबाट बढि प्रेरित देखिन्छ । किनभने आदर्शका मिठा र ठुला ठुला कुरागरि नथाक्ने सबै दलका नेताहरुको वास्तविक जीवन शैलीबारे भोक,रोग र शोक माझ बाँच्न नागरिकले बुझि सकेको छ । त्यसैले अब को पुस्ता कसैको बहकाउमा आउला भन्न सकिंदैन ।


देशको यो कहाली लाग्दो अबस्थालाई मध्यनजर गर्दा क.पुष्पलाल र उहाँले प्रतिपादन गर्नुभएको बिचार अनि बिदेशमा बस्दा पराई को अपहेलना सहन नसकी मृत्युदण्डको बेवास्ता गर्दै नेपाल फर्केका बीपीबाट उनैका अनुयायी हांै भन्नहरुले घरिघरि बिदेशी दुताबासको दैलो चियाउनुले यी दुईको आत्मा कति रुँदोहोला ? तर, यिनमा भने स्वाभिमान पलाएन ।आशा गरांै आजको दिनले नेपालका यी दुई ठुला दलका नेता र कार्यकर्तामा स्वाभिमान साथ बाँच्ने हिम्मत पलावस् । यी फरक फरक बिचारका मुर्धन्य बिचारक र सामाजिक अभियन्ताहरुमा मेरो श्रद्धान्जलि ।

प्रतिक्रिया

प्रतिक्रिया