बाँकेमा तीन जनासहित मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेमा खजुराका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जना क्वारेन्टाइनमा थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । सरकारले लकडाउन खुकुलो बनाउँदै गएपनि संक्रमण रोकिएको छैन ।