कोरोना कहरबीच पनि नेपालगन्जमा माइ कोरा च्यालेजको आयोजना गरिने भएको छ । तर, विल्कुलै फरक शैलीबाट आयोजकले कोरोना विरुद्ध सन्देश प्रवाह गर्न खोजिएको जनाएको छ ।
गत वर्ष भव्य औपचारिक कार्यक्रमबीच आयोजना गरिएको नेपालगन्ज कोरा यसपाली भोलि शनिवार विहान कुनै औपचारिकता विना गरिंदैछ । कोभिड विरुद्धको जनचेतनामूलक आम जनतामाझ पुुर्याउने उद्देश्य हो, आयोजनाको समन्वय गरिरहेको संस्था, नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाले दैनिक नेपालगन्जसँग भने । अध्यक्ष थापाका अनुसार, बढिमा १० जनाको समूहमा हुने नेपालगन्ज कोरा च्यालेन्जमा विभिन्न १० देखि १२ वटा समूह बन्ने अनुमान गरिएको छ । रुट पनि फरक फरक हुने छ, अध्यक्ष थापाले भने ।
च्यालेन्जमा सहभागी अभियन्ताहरुले कोभिड बिरुद्धको सचेतनामूलक ससाना ब्यानर साइकलमा लगाइने छ, त्यसमा उक्त सन्देश उल्लेख गरिनेछ, थापाले भने, कोरा च्यालेन्जमा सहभागीलाई अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्थासँगै साइकल कम्तिमा २ मिटरको भौतिक दुरिमा रहने गरि च्यालेन्जमा भाग लिनु पर्ने छ ।
नेपालगन्ज साइक्लिङ्ग क्लब यो पटकको कोरामा आफुले आफैंलाई च्यालेन्ज गर्दै जतिसक्दो कुँदाउने र आफ्नो मन परेको रुटमा कुद्ने योजना अघि सारेको छ, साइकल अभियन्ता सतिश निरौलाले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, यसपालीको नेपालगन्ज कोरा ऐतिहासिक हुनेछ । (दैनिक नेपालगन्जमा प्रकाशित)