भारतबाट नेपाली अझैं आउँदै

लकडाउनको चार महिना पुग्न लाग्दा पनि भारतबाटे नेपाली आउने क्रम रोकिएको छैन । बाँके प्रशासनका अनुसार, शुक्रबार मात्रै १ सय ७७ जना नेपालगन्ज नाकाबाट घर फर्किएका छन् । ती मध्ये ५४ जना कर्णाली प्रदेशका हुन् ।
विहीवार ३ सय ७७ जना नेपालगन्ज नाकाबाट भित्रिएका छन् । उनीहरुमध्ये १ सय ६० जना कर्णालीका छन् । उनीहरुलाई गाडी खोजेर घर पठाइएको छ । भारतबाट आएका बा“ँके र बर्दियाका व्यक्तिहरुलाई भने आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन लागिएको छ ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले पछिल्लो समय भारतबाट फर्किने नेपालीहरुको सख्यामा निकै कमी आएको बताउ“छन् । उनले भारतबाट फर्किनेहरुलाई नेपालगन्ज भन्सारको यात्रु शाखामा राखेर सम्बन्धित पालिकालाई जानकारी दिने गरेको जनाए । ‘बा“के र बर्दियाको हकमा सम्बन्धित वडा अध्यक्ष वा जनप्रतिनिधिहरुलाई बोलाएरै जिम्मा लगाउ“छौ“ ।
सम्बद्ध स्रोतका अनुसार, भारतका विभिन्न शहरबाट नेपालगन्ज नाका हु“दै फर्किएका व्यक्तिहरुलाई प्रहरीले जनप्रधिनिधिहरुलाई रोहबरमा दिएपछि होम क्वारेन्टाइनमा राख्ने भन्दै घर पठाउन थालिएको हो । १४ दिन क्वारेन्टाइनमा राख्न आग्रह गरेर जनप्रतिनिधिहरुलाई बुझाउने गरिएको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय बा“केका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भारतबाट फर्किएका व्यक्तिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमै बस्नु पर्ने निर्देशिका रहेको बताए । ‘निर्देशिका अनुसार क्वारेन्टाईनमै राख्नै पर्छ,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भारतबाट फर्किने नेपालगन्जका स्थानीयलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राख्ने गरेको बताउछिन् । नेपालगन्जबाहेक अन्य स्थानकालाई गाडी खोजेर पठाउँदै आएको उनको भनाइ छ ।

भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति तथा फिजिसीयन डा. संकेतकुमार रिसालले होम क्वारेन्टाईनमा बस्दा १४ दिनसम्म परिवारको सम्पर्कमा नरहन सुझाव दिन्छन् । ‘होम क्वारेन्टाइनमा बस्न सकिन्छ । तर कोरोना संक्रमण भइसकेको व्यक्ति छ भने अरुलाई सर्न सक्छ,’ उनले संवाददातासँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया