मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यससँगै कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ८ हजार ११ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा थपिएका छन् । काठमाडौंमा मात्र २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।