कोरोनाः मुलुकभर १०८ थपिंदा बाँकेमा पनि दुई संक्रमित थप

बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसक्रममा बाँकेमा दुई जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २७ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । ३ सय ४८ जना निको भएर घर फर्किँदा २ जनाको भने मृत्यु भएको छ ।

आज बाँकेको विस्तृत विवरण । (स्रोतः नरेश श्रेष्ठ फोकल पर्सन, जनस्वास्थ्य कार्यालय बाँके)


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको जानकारी दिए । बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् । हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया