कोरोना: संक्रमितको संख्या १६ हजार ४ सय २३

बुधबार सम्म नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । बुधवार पछिल्लो २४ घण्टामा २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार, बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् । बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य सतर्कताका लागि सेनिटाइजरको उपयोग निरन्तर गर्न र मिचिमिच हात धोइरहन आग्रह गरेको छ । घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न अनिवार्य रहेको भन्दै मन्त्रालयले निको भएर फर्किएकाहरुलाई भेदभाव नगर्न भनेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया