डा. बिष्णु भक्त कवां
अध्यक्ष
होमियोप्याथी फाउण्डेशन नेपाल

आज विश्व नोवेल कोरोना भाइरस कोभिड–१९ को महाव्याधीको भुमरीमा जकडेको अवस्था हुनुको साथै बन्दाबन्दीको अवस्थामा छन् । विश्वका प्रायः सवै भुखण्ड कोभिड–१९ को संक्रमणले आक्रान्त भई आज यो पंक्ति लेख्दासम्म करिव १,००,७२,५८१ मानिस संक्रमित भएका छन् भने ति मध्ये करिव ५४,५१,८५६ व्यक्ति संक्रमणमुक्त भई घर फर्किसकेका छन् भने ५,००,६०४ व्यक्तिले ज्यान गुमाई सकेका छन् । हाम्रो देशमा १२,३०९ जना संक्रमित भएका छन् भने २,८३४ जना निको भई घर फर्किसकोका छन् भने २८ जना मृत्यु भइसकेका छन् । हाम्रो देशमा दिनानुदिन कोभिड–१९ वाट संक्रमित भएको संख्या बढी रहनु ज्यादै चिन्ताजनक एवं दुःखद अवस्था हो र यो संख्या आउने दिनहरुमा अझ बढ्ने देखिन्छन् । देश कोरोना भाइरस संक्रमणको उच्चतम विन्दुतिर वढीरहेको अवस्था तत्काल नियन्त्रणका उपायहरु अवलम्बन नगरेमा दोश्रो ईटाली हुनेमा दुईमत नहोला भन्न सकिन्दैन । कोभिड–१९ को संक्रमणको सम्भावित महामारीलाई फैलनवाट रोक्ने उद्देश्यले ११ चैत्र २०७६ देखि देशमा बन्दाबन्दीको अवस्था छ, जसले गर्दा जनताको दैनिक जीवनयापन कण्टमय हुनुकासाथै पोषिलो खानेकुराको अभाव, आर्थिक समस्या, मनोसामाजिक समस्या, आत्महत्या, बेरोजगारी बढिरको छ ।

कोभिड–१९ ले आज विश्वमा प्राकृतिक नियमित समय चक्रवाहेकको गतिलाई अवरोध गरेर संसारका सवै व्यक्तिको मानसपटलमा भय, त्रास र डरका साथै मनोसामाजिक समस्याहरु निराशा, दिक्दारीपन, अवहेलना र छिरछिर दुरदुर एवम् सामाजिक विभेद बढाएको अवस्था छ । किनकी आजसम्म कोभिड–१९ को उपचारको कुनै उपयुक्त औषधि र खोप उपलब्धता छैन । यस्तो त्रादशी अवस्था र कोभिड–१९ को उचित उपचार नभएको अवस्था होमियोप्याथिक उपचार पद्धती एक जीवनबुटीको रुपमा प्रयोग गर्न सकिन्छ । यसले व्यक्तिको रोगविरुद्ध लड्ने जीवनी शक्ति (Vital Force) लाई अभिवृद्धि गराई कोरोना भाइरसको संक्रमण मात्र होइन अरु संक्रमणहरु हुनवाट पनि बचाउन सहयोग गर्दछ । साथै कोभिड–१९ वाट बच्ने र बचाउने सबैभन्दा राम्रो उपाय भनेकै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई संयमित र अनुशासित भएर पालना गर्नुका साथै सजकता अपनाउनु हो । साथै व्यक्तिगत दुरी कायम गर्नु, बरोबर हात धुनु, स्यानिटाइजरको प्रयोग र हाँछ्यु गर्दा कुहिनाले नाक मुख छोप्ने जस्ता स्वास्थ्यकर व्यवहार अपनाई रहनु पनि कोरोनाको संक्रमण हुनवाट बच्ने उत्तम उपाय हो ।


होमियोप्याथिक उपचार पद्धतीको लक्ष्यः
शरिरको रोग विरुद लड्ने प्रतिरक्षा शक्ति वा जीवनी शक्ति (Vital Force) लाई सक्रिय बनाई सन्तुलित अवस्थामा ल्याउनु हो ।

होमियोप्याथीको विकासक्रमः
जर्मनीका फिजिसियन डा. सामुयल हानिमानले सन् १७९६ मा होमियोप्याथिक उपचार पद्धतीको प्रतिपादन गरको थियो । रोगको लक्षणहरुको प्रकृति र रोगीको स्वभाव अनुसार उस्तै गुण भएको ज्यादै थोरै मात्राको एउटा मात्र औषधिको सेवन गराई एउटामात्र रोगको उपचार नगरी पूर्णतया विरामीकैे उपचार गर्ने पद्धतिलाई होमियोप्याथी भनिन्छ । होमियोप्याथी शब्द दूई ओटा ग्रिक शब्दहरु होमियोस् र प्याथी मिलेर बनको हो । होमियोस्को अर्थ समान वा उस्तै र प्याथीको अर्थ रोग वा समस्या भन्ने बुझिन्छ । होमियोप्याथीको शाब्दिक अर्थ हो, “रोगको लक्षणहरुसँग मिल्ने उस्तै गुणहरु भएको औषधि सेवन गराएर विरामीमा भएको रोग निको पार्नु हो ।”

हामियोप्याथिक उपचार समानताको सिद्धान्त (Similia Similbus Cirentur) मा आधारित उपचार पद्धती हो । यस्तो समानताको सिद्धान्त हाम्रो पूर्विय दर्शनशास्त्रहरुमा यसरी वर्णन गरिएको पाइन्छ । जस्तैः समः सम शमयति, विषश्य बिषर्मोधम्, कण्टके नैव कण्टकम् आदि आदि ।

होमियोप्याथिक उपचारका आधरभूत सिद्धान्तहरु :
१. समानताको सिद्धान्त (Law of Similar)
२. एकल औषधिको प्रयोग (Low of Single Remedy)
३. ज्यादै कम मात्राको औषधि (Law of Minimal Dose)
४. सशक्तिकृत औषधि (Law of Drug Dynamization)
५. औषधिको परिक्षण (Law of Drug Proving)
६. जीवनी शक्तिको सिद्धान्त (Law of Vital Force)
७. व्यक्तिपरक वा व्यक्तिविशेष (Law of Individualization)
८. रोगलाई होइन रोगीलाई उपचार गर्नु (Homeopathy Treats the Patient, not the Disease)

होमियोप्याथीका यी विभिन्न सिद्धान्तहरु मध्ये समानताको सिद्धान्त जनमानसमा बढी प्रख्यात छन् । समानताको सिद्धान्तलाई “हिराले हिरा काट्छ” भन्ने उक्तिको रुपमा पनि बुझ्ने गरिन्छ । यसरी होमियोप्याथीका सिद्धान्तहरुको आधारमा विरमी व्यक्तिको उपचार गर्दा रोगी व्यक्तिको स्वभाव र रोगको स्वभाव एवं लक्षण तथा चिन्हहरुसँग मिल्ने उस्तै बिशेषता गराउन सक्ने गुण भएको ज्यादै थोरै मात्राको एउटामात्र औषधिको सेवन गराई विरामी व्यक्तिमा भएको एउटा रोगमात्र होइन् व्यक्तिलाई नै पूर्ण रुपमा निको पार्छ । होमियोप्याथिक उपचारको सिद्धान्त अनुसार जब व्यक्तिको जीवनी शक्ति वा ईम्युनिति कमजोर वा असन्तुलन भएमा रोग लाग्ने हुन्छ भनि विश्वास गरिन्छ । यसरी कमजोर वा असन्तुलन भएको जीवनी शक्ति वा ईम्युनितिलाई होमियोप्याथिक उपचारवाट सन्तुलित बनाई एउटा मात्र रोगलाई निको नगराई रोगी व्यक्तिलाई पूर्ण रुपमा ठीक पार्दछ । अहिले माहाव्याधी रुपमा फैलिएको रोग नोवेल कोरोना भाइरस अथवा कोभिड–१९ ले पनि व्यक्तिको रोगसँग लड्ने जीवनी शक्ति ईम्युनितीलाई कमजोर बनाउने गर्दछ । विद्यमान उपचार पद्धती (Conventional Medicine) मा हालसम्म कोभिड–१९ को लागि कुनै पनि प्रभावकारी औषधि वा खोप उपलब्ध छैन । यस्तो अवस्थमा होमियोप्याथी उपचार पद्धती एक प्रभावकारी उपचार हुन सक्छ किनकी होमियोप्याथिक उपचारले व्यक्तिको जीवनी शक्ति वा ईम्युनितिलाई बलियो र सशक्त बनाउने गर्दछ ।

नेपालमा होमियोप्याथी
नेपालमा होमियोप्याथिक उपचार पद्धती वि.सं. १९९० तिरवाट शुरुआत भएको पाइन्छ । त्यसताका राणा प्रधानमन्त्रिको प्यारो हात्ति विरामी हुन्दा भारतको बंगालवाट होमियोप्याथिक डाक्टर झिकाएर उपचार गरेवाट नेपालमा होमियोप्याथी भित्रिएको पाइन्छ । त्यस्तै वि.सं १९९० तिर फैलिएको हैजा महामारी रोगमा पनि होमियोप्याथिक औषधि कपुर (Camphor) प्रयोग गरि उपचार गरेको थियो । यस औषधिले अरु उपचार पद्धतीको औषधि प्रयोग गरेको भन्दा बढी विरामीहरु निको पारेको कुरा उल्लेख गरेको पाइन्छ । वि.सं २००७ सालमा अखिल नेपाल होमियोप्याथिक एशोसियसनको स्थापना भएको थियो भने वि.सं. २०१० सालमा राम अघोरी बाबाको विशेष अनुरोधमा तत्कालिन राजा श्री ५ त्रिभुवनवाट पशुपतिनाथ मन्दिर परिसरको बज्रघरमा ६ शैयाको पशुपति होमियोप्याथिक चिकित्सालयको स्थापना भएको थियो ।

हाल यो चिकित्सालय ललितपुरको हरिहर भवनमा पशुपति होमियोप्याथिक अस्पतालको रुपमा संञ्चालित छन् । त्यस्तै निजि स्तरवाट वि.सं २०१० मा मारवाडी सेवा समितिवाट होमियोप्याथिक चिकित्सालय संञ्चालन गरिन्दै आएका छन् । भक्तपुर अन्तराष्ट्रिय होमियोप्याथिक क्लिनिकले सन् १९९६ जनवरी १ तारिखदेखि नेपालमा पहिलो पटक होमियोप्याथिक उपचार पद्धतीवारे पठनपाठन र क्लिनिक शुरु गरेको थियो । सन् २००१ मा नेपालमा पहिलो बि.एच.एम.एस. अध्ययन अध्यापन गर्न विराटनरमा कलेज स्थापना भएको थियो, हाल यो कलेज संञ्चालनमा छैन । त्यस्तै सन् २००८ मा भक्तपुरमा ३ बर्षे होमियोप्याथिक हेल्थ असिष्टेण्टको पढाई भक्तपुर होमियोप्याथिक मेडिकल कलेजवाट शुरु गरेको थियो, विदम्वना यो कलेज पनि हाल संञ्चालनमा छैन् । सन् २०१६ मा होमियोप्याथी फाउण्डेशन नेपाल स्थापना भए देखि २०७२ सालको महाभूकम्पवाट प्रभावित जिल्लाहरुमा निःशुल्क होमियोप्याथिक शिविरहरु संञ्चालन, उमेर तथा आर्थिक कारणले र अन्य विभिन्न कारणवाट अस्पतालसम्म गएर उपचार गर्न नसकेका बृद्धबृद्धाहरु र सिकिस्त विरामीहरुको घरदैलोमा गई निःशुल्क होमियोप्याथिक उपचार सेवा गरिन्दै आएका छन् । मारवाडी सेवा समिति एवं अन्य थुप्रै प्राइभेट होमियोप्याथिक क्लिनिकहरुले देशमा होमियोप्याथिक सेवा प्रदान गरिन्दै आएका छन् । । विश्व स्वास्थ्य संगठन अनुसार दोश्रो उपचार पद्धतीको रुपमा होमियोप्याथीलाई अंगालेको छ भने विश्वका प्रायः सवै देशहरुमा यस होमियोप्याथिक उपचार पद्धतीलाई अंगालि रहेका छन् । होमियोप्याथी यसरी जर्मनीमा उदय भएको भएता पनि सबभन्दा बढी होमियोप्याथि चिकित्सक र होमियोप्याथिक कलेजहरु भएको देश भारत हो ।

महामारीको अवस्थामा होमियोप्याथी
महामारी रोगको समयमा जतिसुकै चिकित्सक एवं स्वास्थ्यकर्मिहरु उपलब्ध भएतापनि अपुगनै हुन्छन् । यस अवस्थामा विद्यमान स्वास्थ्य प्रणाली (Conventional Medicine) ले मात्र नियन्त्रण, रोकथाम तथा उपचार गर्न सम्भव हुन्दैन र बैकल्पिक उपाचारका विभिन्न पद्धतीहरुसंग एक आपसमा परिपुरक (Complementary) भएर कार्य गरेमा कम समयमै नियन्त्रण गर्न र उपचार गरि धेरै भन्दा धेरै व्यक्तिको ज्यान बचाउन सकिन्छ । विश्वमा विभिन्न कालखण्डमा भएका महामारीमा होमियोप्याथिक उपचारले विद्यमान अरु उपचार पद्धती(Conventional Medicine) वाट भन्दा धेरै व्यक्तिहरुको ज्यान बचाएको विभिन्न अध्ययनहरुले देखाएका छन् जुन तलको तालिकावाट स्पष्ट रुपमा देखाउँछन् ।

Table 1 : EPIDEMICS AND PANDEMICS BETWEEN 1799 AND 1918


माथिको तालिका अनुसार सन् १९१८ मा भएको स्पानिस फ्लुले करिव १० करोडभन्दा बढी मानिसहरुले ज्यान गएको थियो । उक्त महामारीमा अरु उपचारवाट ३० प्रतिशत मानिस मरेको थियो भने होमियाप्याथिक उपचार गरेकामध्ये जम्मा १ प्रतिशतमात्र मरेको थियो । यी दूई वटा तालिकावाट हामि यो बुझ्छौं की माहामारी एवं अन्य अवस्थाहरुमा होमियोप्याथिक उपचार अपानाउँदा धेरै भन्दा धेरै व्यक्तिहरुको ज्यान बचाउन सकिनुकासाथै अति प्रभावकारी उपचार पद्धती सिद्ध भएको देखिन्छ ।


कोभिड–१९ को रोकथाम र उपचारमा होमियोप्याथी
हाम्रो देश कोभिड–१९ को अति जोखिम देशमा पर्दछन् । यो कोभिड–१९ महाव्याधि स्वास्थ्य प्रणाली राम्रो र उत्कृष्ट भएका देशहरु पनि महामारीको रुप लिइरहेका छन् भने धेरै व्यक्तिहरुले ज्यान गुमाई रहेका छन् । अझ हाम्रो देशको उपचार पद्धती तथा स्वास्थ्य प्रणाली उति सम्पन्न अवस्थामा छैन र आवश्यक स्वास्थ्य सामग्रीहरु पनि पर्याप्तमात्रा नभएको अवस्थामा होमियोप्याथी उपचारलाई रोकथाममुलक र उपचारात्मक रुपमा प्रयोगमा ल्याउन सकिए कोभिड–१९ को संक्रमण समुदायमा फैलनवाट बचाउन सकिन्छ र समग्र राष्ट्रलाई नै कोरोना भाइरसको संक्रमणवाट सुरक्षित बनाउन सकिन्छ । साथै कोरोना भाइरसवाट संक्रमित भएका व्यक्तिहरुलाई होमियोप्याथिक औषधि सेवन गराईएमा चाँडै निको पार्न सकिन्छ । किनकी होमियोप्याथिक उपचार पद्धतीले व्यक्तिको रोगसँग लड्ने जीवनी शक्तिलाई सक्रिय बनाई रोगलाई होइन् रोगीलाई नै पूर्णतया ठीक पार्ने गर्दछ ।

विश्वका विभिन्न देशहरु जस्तै चिन, भारत, ईटाली, स्पेन, ईरान, बंगालादेश, क्युवा, नेदरल्याण्ड, बेल्जियम, जर्मनी लगायत विश्वका अन्य देशहरुमा होमियोप्याथिक औषधिहरु कोभिड–१९ को उपचार एवं रोकथामको लागि प्रयोग गरेका विभिन्न अध्ययनहरु सञ्चार माध्यममा आएका छन् ।
आजको समयमा विश्वव्यापि महामारीको तान्डब मचाइरहेका कोभिड–१९ को लागि हालसम्म कुनै औषधि र खोप उपलब्ध नभएको अवस्थमा होमियोप्याथिक उपचार पद्धती निर्विकल्पको अवस्थामा विकल्पको स्पमा एक प्रभावकारी उपचार हुन सक्ने कुरामा दूई मत छैन् । तर पनि होमियोप्याथिक उपचारलाई प्रोत्साहन दिएको पाइन्दैन र होमियोप्याथीलाई ओझेलमा पारेको छ ।
हाम्रो देशमा पनि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७ साल बैशाख १५ गतेको माननीय मन्त्री स्तरीय निर्णय अनुसार, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले “Ayurveda and  Alternative Medicine Guidelines of Preventive Measures and Management Protocol for COVID-19 in Nepal” स्वीकृत भई जारी गरेको प्रोटोकलमा समेत होमियाप्याथिक उपचारलाई पनि समेतेका छन् ।

नेपाल सरकार, स्वास्थ्थ तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको पत्र संख्या ०७६।०७७ चलानी नम्वर ६१९ अनुासर सवै प्रादेश आयुर्वेद औषधालय, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालय, सवै स्वास्थ्य सेवा कार्यालयलाई उक्त प्रोटोकल कार्यान्वयन सन्दर्भमा पत्राचार गरिकेको छन्, भने बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मिति २०७७।०२।०८ गतेको प.सं. २०७६।७७ च. नं ३४४३ प्रोटोकल कार्यान्वयन सम्दर्भमा जारी गरेको पत्र अनुसार यस बागमती प्रदेश भित्र हाल सञ्चालनमा रहेका CODID-19 Quarantine, Isolation कक्षमा आवश्यक कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्न पत्र जारी गरिसकेो अवस्था छ । उक्त प्रोटोकलको आधारमा Arsenicum album 30 C बिहान खाली पेटमा लगातार ३ दिनसम्म सेवन गर्ने र त्यसपछि प्रत्येक हप्तामा १ पटक बिहान खाली पेटमा ३ हप्तासम्म सेवन गर्ने गर्नु पर्छ ।

Arsenicum album 30 C एवं निर्देशिकामा उल्लेख गरेका अन्य औषधिहरुले कोभिड १९ लाई निको पार्ने होइन, यसले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता शक्ति अभिवृद्धि गर्ने र लाक्षणिक उपचार गर्ने गरिन्छ । यो Arsenicum album 30 C औषधि कोभिड १९ को रोकथामको रुपमा सेवन गर्न सकिनुका साथसाथै कोरोना भाइरसवाट संक्रमित व्यक्तिको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । यो औषधि निःशुल्क वितरण गरिरेको छ । यदि यो Arsenicum album 30 C औषधिले संक्रमित व्यक्तिलाई निको नगरेमा प्रोटोकलमा उल्लेख गरेका अन्य होमियोप्याथिक औषधिहरु Gelsimium, Bryonia, Camphor, Aconite, Eupatorium perfoliatum, Antimonium tartaricum, Phophorus बिरामीको पूर्ण ईतिहास लिए पछि विरामी व्यक्तिको स्वभाव र लक्षणहरुसँग मिल्ने औषधि दिन सकिन्छ । यसको लागि सम्बन्धित चिकित्सकसँगको परामर्श पछिमात्र प्रयोग गर्ने गर्नु पर्दछ । होमियोप्याथिक उपचारको साथसाथै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको सुरक्षाका उपायहरुका साथै लकडाउनलाई संयमित र अनुशासित भएर पालना गर्नु नै कोभिड–१९ को संक्रमण फैलनवाट बचाउने सबभन्दा राम्रो उपाय हो । व्यक्तिगत दुरी कायम गर्नु घर बाहिर जान्दामात्र होइन घरभित्र रहन्दा पनि कायम गर्नु पर्दछ । हाँछ्यु गर्दा, खोक्दा नाक मुख रुमाल वा टिस्युपेपर वा कुहिनाले छोप्ने गर्ने, यदि हातले छोपेको भए हातले अनुहारमा नछुने र तुरुन्त सावुन पानीले हात धुने । कुनै संकास्पद वा फोहर बस्तु छुएमा सानिटाइजरले हात सफा गर्ने जस्ता व्यवहार अपनाउने । अत्याबश्यक काममा वाहेक घर बाहिर नजाने । घरवाट बाहिर जान्दा मास्कको प्रयोग गर्ने । आफन्त वा साथीहरु भेट्दा नमस्कार गर्ने । हल्का शारीरिक व्यायामहरु गर्ने । इम्युनिति बढाउने खानेकुराहरु खाने जस्तैः हरियो सागसव्जीहरु, दाल, गेडागेडी, च्याउ, दहि, अण्डा, भटमास, ब्रोकाउली…आदि । गुलियो पदाथहरु बढीमात्रामा नखाने । जाँड, रक्सि र चुरोटको सेवन नगर्ने नगराउने ।

हाम्रो देशमा कोभिड–१९ को संक्रमित व्यक्तिहरु दिनानुदिन बढी रहेको अवस्थामा समुदायमा संक्रमण फैलनवाट बचाउन निम्नानुसारका व्यक्तिहरुमा तत्काल होमियोप्याथिक औषधि प्रयोग गर्न सकिने देखिन्छ

१. अग्रपंङतीमा रहेर काम गर्ने व्यक्तिहरु : चिकित्सक एवं स्वास्थ्यकर्मीहरु, प्रहरी, सैनिक, पत्रकारहरु, सरसफाइका मजदुरहरु, एम्बुलेँन्सका चालक एवं सहयोगीहरु, स्वयम् सेवकहरु, जनप्रतिनिधिहरु ।
२. संक्रमित व्यक्ति रहेको सिल गरेको ठाउँका व्यक्तिहरु ।
३. क्वाराइन्टानमा र आइसोलशनमा बसेका व्यक्तिहरु ।
४. संक्रमण भएर अस्पतालमा भर्ना भएका व्यक्तिहरु र उनिहरुका परिवारका सदस्यहरु ।
५. संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरु ।
६. अत्यावश्यक कामको लागि जनसम्पर्क बढी हुने ठाउँका कर्माचारीहरु ।
यी समुहलाई जति सक्यो त्यति चाँडो रोगसँग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने Arsenicum album 30 C औषधि सेवन गराउन सकेमा संक्रमित हुने व्यक्तिको संख्या ज्ज्यादै कममात्र हुने हुन्छ । कोभिड–१९ महामारी रोगको रोकथाम एवं उपचारका लागि हाम्रो देश नेपालमा सेवारत होमियोप्याथीसँग सम्बन्धित संघसंस्थाहरु एकआपसमा हातेमालो गरि कोभिड–१९ को महामारी नियन्त्रण गर्ने अभियान चलाइरहेको छन् । यस समुहले Arsenicum album 30 C निःशुल्क वितरण गरिरहेको छ । हालसम्म ७७ जिल्लाका करिव ५५ लाख नेपाली जनतालाई यो औषधि निःशुल्क वितरण गरिसकेका छन्, भने यथासक्यो चाँडो सम्पूर्ण नेपाली जनतासम्म पुर्याउने लक्ष्यकासाथ यो अभियानलाई अगाडि बढाईरहेका छन् । समाप्त

प्रतिक्रिया

प्रतिक्रिया