कोभिड वार्डको अभ्यासमा छौं, डा. नितेश कनोडियाले दैनिक नेपालगन्जसँग भने, नर्मल प्यासेन्ट र कोभिड प्यासेन्टको जोखिमसँग कुनै सम्बद्धता हुँदैन । सबै किसिमका सेवा सुविधालाई छुट्टाछुट्टै व्यवस्थापन गरिएको सहायक निर्देशक डा. कनोडियाले प्रष्ट पारे ।
कोरोना कहरका क्रममा नेपाल सरकारबाट लेभल ३ स्तरको अस्पतालको घोषणासँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड स्थापना गरि सेवा प्रवाह थालिएको जनाएको छ । कोरोना संक्रमितहरुको संख्या बढ्दै गए पछि नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई कोरोना संक्रमित बिरामीहरुको शल्यक्रिया सहित उपचार हुने सुबिधा सम्पन्न अर्थात लेभल ३ स्तरको अस्पतालको घोषणा गरेको हो ।
कोरोना कहरमा अस्पतालले सामान्य बिरामीको उपचार नगरेको भन्ने गुनासो आइरहँदा सरकारले कोहलपुरस्थित शिक्षण अस्पताललाई लेभल ३ स्तरको कोरोना अस्पताल घोषणा गरेको थियो । सरकारको घोषणासँगै आवश्यक सेवा सुविधाको व्यवस्थापन गरेर स्वास्थ्य उपचार प्रदान गरिएको कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले जानकारी दिए ।
प्रवन्ध निर्देशक कनोडियाका अनुसार, नेपाल सरकारले लेभल ३ स्तरको अस्पतालको घोषणा गरे पछि शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित शल्यक्रिया गरेर उपचार गर्नु पर्ने बिरामीहरुको उपचार गर्दै आएको छ । कोरोना संक्रमितहरुलाई समेत उपचार सेवा प्रदान गर्दै आएको शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आउने सबै किसिमका बिरामीहरुलाई अस्पतालले उच्च स्तरको उपचार सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले बिहीवार कोहलपुरमा पत्रकार सम्मेलन गरि तमाम चुनौतीबीच कोरोनाको महामारीले मुलुक आक्रान्त भएको असहज अवस्थामा पनि शिक्षण अस्पतालहरुले बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
सहायक निर्देशक डा. नितेश कनोडियाका अनुसार, अस्पतालले बीच शिक्षण अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३ जना बिरामीहरु सफल शल्यक्रिया गरेको छ । उपचार पछि तीनै जनाले स्वास्थ्य लाभ गरेर कोभिड बार्डबाट डिस्चार्ज भइ नर्मल वार्डमा सिफ्ट गरिएको छ, पत्रकारहरु माँझ उत्साहित डा. कनोडियाले भने, कोभिड १९ को महामारीले मुलुक आक्रान्त भएको असहज अवस्थामा पनि शिक्षण अस्पतालहरुले यस क्षेत्रका हजारौ बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । कोभिड वार्डको अभ्यासमा छौं, डा. कनोडियाले दैनिक नेपालगन्जसँग भने, नर्मल प्यासेन्ट र कोभिड प्यासेन्टको जोखिमसँग कुनै सम्बद्धता हुँदैन । सबै किसिमका सेवा सुविधालाई छुट्टाछुट्टै व्यवस्थापन गरिएको सहायक निर्देशक डा. कनोडियाले प्रष्ट पारे ।
नेपालगन्ज मेडिकल कलेजले कोहलपुरसँगै नेपालगन्जमा सुविधा सम्पन्न शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ । यस क्षेत्रका अति गरिब असाहय बिरामीहरुलाई समेत नेपाल सरकारले तोकेको मापदन्ड अनुसार विशेष छुट सुविधा दिई स्वास्थ्य सेवा दिदै आएका छौं, डा. कनोडियाले पत्रकारहरुसँग भने ।
सहायक निर्देशक डा. कनोडियाका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले असार १४ गतेबाट बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म पहिले जस्तै सबै सेवाहरु संचालन गर्ने जानकारी दिए । यसअघि ११ देखि ३ बजेसम्म आंशिक सेवालाई विस्तार गरि पूर्णकालीन सेवा प्रदान गर्न लागिएको डा. कनोडियाको भनाइ छ ।
मेडिकल कलेजका प्रिन्सिपल मोदनाथ मरहठठ, निर्देशक भोजराज जोशी, उपनिर्देशक डा. दिनेश श्रेष्ठ लगायतको सहभागितामा भएको पत्रकार सम्मेलनमा मेडिकल कलेजले प्रवाह गर्दै आएका सेवा सुविधा र सुरक्षा सतर्कताबारे वस्तुगत अवस्थाको प्रस्तुतिकरण गराइएको थियो ।
शिक्षण अस्पतालमा कोभिड – १९ का फोकल पर्सन समेत रहेका उपनिर्देशक डा. दिनेश श्रेष्ठले कोराना संक्रमित बिरामीको जस्तो सुकै अवस्थामा उपचार व्यवस्था गर्न आफुहरु सक्षम रहेको प्रतिक्रिया दिए । डा. कनोडियाका अनुसार, नेपालगन्ज र कोहलपुरस्थित शिक्षण अस्पताले कोभिड – १९ का शंका भएका ४१५ जना बिरामीहरुको निःशुल्क उपचार गरेको छ । उनका अनुसार, बिश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण फैलन नदिनका लागि निर्धारण गरेका सबै मापदण्डहरुको पालना गरेर अस्पतालले उपचार सेवा प्रदान गर्दै आएको छ ।
विहीवारनै अस्पतालका सहायक निर्देशक डा. कनोडिया र कोभिड फोकल पर्सन डा. श्रेष्ठले संयुक्त प्रेस विज्ञप्तिमार्फत बिश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण फैलन नदिनका लागि निर्धारण गरेका सबै मापदण्डहरुको पालना गरेर अस्पतालले उपचार सेवा प्रदान गर्दै आएकाले ढुक्क भएर उपचार सेवा सेवा लिन आग्रह गरिएको छ ।
अस्पतालमा कोरोनासँग जुध्नेका कथा
अछाम, चौरपाटी गांउपालिका वडा नं. ५ घर भएकी २५ वर्ष की १८ हप्ताकी गर्भवती महिलामा भारतको मुम्बईबाट घर फर्किएर क्वारेन्टाइनमा बसेको १० औ दिनमा स्वास्थ्य समस्या देखिए पछि उपचारका लागि अछाम कै वयलपाटा हस्पिटलमा लगिएको थियो । वयलपाटा हस्पिटलले रिफर गरे पछि गरी हेलीकप्टर मार्फत जेठ २६ गते दिउंसो २ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको इमरजेन्सीमा ल्याइयो । बिरामी महिलाको ट्र««ाभल हिस्ट्री लिई स्वावको भेरी अस्पतालको ल्याबमा पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ ती महिलाको ठुलो आन्द्रामा (ACUTE INSTSTINAL OBSTRUCTION) समस्या देखिए पछि २७ गते अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टिमले अप्रेसन गरी उपचार गर्दै आएको छ ।
उपचार पछि संक्रमित महिलाको स्वास्थ्यमा क्रमिक सुधार हुनुका साथै पुनः स्वाबको पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पछि अस्पतालको कोभिड वार्डबाट असार १० गते देखि आइसोलेसन वार्डमा सारिएको अस्पतालले जनाएको छ ।
त्यस्तै कपिलवस्तु कृष्ण नगर निवासी कोरोना संक्रमित २७ वर्षिय ३८ हप्ताको गर्भवती महिला भिम अस्पताल सिद्धार्थ नगर रुपन्देहीबाट रिफर भई शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । गर्भबती महिलालाई प्रोटोकल अनुसार जांच गरी बिरामीको ६ गते शल्यक्रिया गरिएको र शल्यक्र्रिया पछि बच्चा जन्माएकी ती महिलाको स्वाबको नमुनाको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि कोभिड वार्डबाट असार १० गते देखि आइसोलेसन वार्डमा सारिएको अस्पतालको भनाइ छ ।
त्यस्तै गरी रुकुम सानो भेरी न.पा वडा नं. १ का ८२ बर्षीय जेष्ठ नागरिक पेट दुख्ने समस्या भए पछि जेठ २२ गते अस्पतालमा भर्ना गरि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ आएपछि कोभिड वार्डमा भर्ना गरेर उपचार भै रहेकोमा असार १० गते पुनः पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि आइसोलेसन वार्डमा सारिएको छ ।
बाँंके वैजनाथ गाउंmपालिका वडा नं.- ६ बस्ने ४६ वर्ष कि महिला निमोनिया ज्वरो, खोकी र सांस फेर्न गाह्रो भएर नेपालगन्जको इमरजेन्सीमा ल्याइयो तत् पश्चात कोहलपुर अस्पतालमा भेन्टिलेटरको व्यवस्था गरी आइसियुमा राखेर आकस्मिक उपचार गरियोे । निजको स्वाब टेष्ट रिपोर्ट नआइपुग्दै मृत्यु भएको थियो । मृत्युपछि आएको रिपोर्ट पोजेभिट थियो ।
त्यस्तै लम्की – २ कैलाली निवासी एक महिला टाउकोमा चोट लागेर रगत जमेको अवस्थामा शिक्षण अस्पताल ल्याइएको उपचार गर्दै गर्दाको अवस्थामा ज्यान गएको उनको पनि रिपोर्ट पोजेटिभ आएको थियो । (हेर्नुस् भिडियो)