को हुन् कोरोनाबाट ज्यान गुमाउने महिला ?

दाङमा सडकबाट अचेत अवस्थामा उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, असार १० गते बुधबार प्रहरीले घोराही उपमहानगरपालिका–१५ को ट्राफिकचोकको पीपलबोट मुनिबाट अचेत अवस्थामा उद्धार गरेर उनलाई अस्पताल पुर्याएको थियो। ति महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। नाम, ठेगाना खुल्न नसकेकी ति महिला घोराहीमा मागेर जिविका चलाउँदै आएकी थिइन्। कोरोनाका कारण मृत्यु भएको हुन सक्ने आशंकामा उनको स्वाब परीक्षण गरिएमा संक्रमण पुष्टि भएको हो।
करिव ३० देखि ३५ वर्षकी देखिने ती महिलाको नाम र ठेगाना नखुलेको र परिवार खोज्ने आफन्तको खोजीकार्य भइरहेको पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ताले जानकारी दिए । यी महिलासँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा २७ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया