नेपालमा कोरोना भाइरसको संक्रमण १० हजार ७२८ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा मुलुकभर ६२९ जनामा संक्रमण पुष्टि भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएका १० मध्ये ९ जना बाँकेका छन् ।
यो ४ दिनमा कुल ९५२ नमुना परिक्षण भेरी अस्पतालको ल्याबमा भएको अस्पतालले जनाएको छ । बिचको ३ दिनमा कुनै पनि नमुना पोजेटिभ नदेखिएको थिएन । (हेर्नुस् सूची)