१० हजार नाघ्यो संक्रमण, २४ को मृत्यु

नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ४ असारमा अस्पतालमा भर्ना गरिएको थियो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना छन्।

यस्तै, कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४र४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया