फन्दामा मोष्ट वान्टेड

बाँके प्रहरीले एक जना मोष्ट वान्टेड अभियुक्तलाई पक्राउ गरेको छ । भूमिगत सशस्त्त समूहमैं जोडिएर आतंक मञ्चाउँदै आएका धर्मासिंह उर्फ राजेशकुमार यादवलाई बाँके प्रहरीले आज एकाविहानै पक्राउ गरेको हो ।

डुडुवा गाउँपालिका ३ बनकट्टीका यादवलाई उनकै घरबाट आज विहान ३ बजेतिर पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनीमाथि दर्जनौं अपराध मुद्दा छन् । एक दशक देखि प्रहरीको मोष्ट वान्टेड सूचीका यादवले विगतमा सशस्त्र भूमिगत तराई जनतान्त्रिक मुक्ती मोर्चा (ज्वालासिंह) समूहमा आवद्ध रहेर बाँकेमा अहपरणगरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विस्फोट, फिरौती रकम माग गर्ने गरेका घटना उनको संलग्नता पाइएको प्रहरीको भनाइ छ । पाँचजनाको हत्या गरेको उजुरी प्रहरीमा अहिले पनि छ । बाँकेमा अपराध गर्ने र भारतमा लुकेर बस्ने गरेका कारण उनलाई पक्राउ गर्न प्रहरीलाई ठूलो सकस पर्दै आएको बेला उनको पक्राउबाट प्रहरीले अपराध नियन्त्रणमा ठूलो उपलब्धी मानेको छ।
बाँके प्रहरीको मोष्ट वान्टेडमा रहेका फरार अभियुक्त पक्राउ परेको जानकारी प्रहरीले दिएको हो । अघिल्लो राती भारतबाट घरमा आएको भन्ने सूचनाको आधारमा जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले निजको खोजतलास गर्ने क्रममा निजलाई डुडुवा ५ स्थित उसैको घरबाट तरवार थान १, चक्कु थान १ सहित फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया