बाँकेका बिभिन्न गाउँपालिकाले संचालनमा ल्याएका कतिपय क्वारेन्टिनहरु सरकारले बनाएको कोरोना भाईरस सम्बन्धि क्वारेन्टाईन सन्चालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार संचालन नभएको भन्दै मानव अधिकार अनुगमन समिति बाँकेले मापदण्ड अनुसार संचालन हुनु पर्नेमा जोड दिएको छ ।
अहिले पनि कतिपय गाउँपालिकामा रहेका क्वारेन्टाईनहरुमा खानपान, बसाई, स्वच्छ खानेपानी, शौचालय लगायतका न्यूनतम मापदण्ड समेत पुरा गरेको नपाइएको मापदण्ड अनुसार गर्न गराउन सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने निर्णय गरेको अनुगमन समितिका संयोजक नमस्कार शाहले जानकारी दिए । राष्ट्रिय मानव अधिकार आयोगमा बसेको समितिको बैठकले स्वास्थ्य तथा राहत सामाग्री खर्च गर्ने निकायले स्वास्थ्य र राहत सामाग्रीको खर्च र बिवरण पारदर्शि ढंगले नगरेको भन्ने जनगुनासो आएकोले पारदर्शि र बिधि संगत ढंगले खर्च र राहत बितरण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय भएको समितिका सदस्य अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।
समितिको बैठकले बैठकले पि.सि.आर.परिक्षणको दायरा बढाउने, ल्यावको जनशक्ति अप्रर्याप्त भएको देखिएकाले आवश्यकता अनुसार जनशक्ति थप गर्नका लागी सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्धारिका अधिकाले बताईन । राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय नेपालगंजका प्रमुख चन्द्रकान्त चापागाईको उपस्थितिमा भएको जिल्ला अनुगमन समितिको बैठकले कतिपय दैनिक उपभोक्त बस्तुको प्रिन्टदरभाउ भन्दा बढी मुल्यमा बिक्रि भईरहेको गुनासो सुन्न आएकाले उपभोक्ता ठगि र कालो बजारी रोक्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिइएको जिल्ला बार अध्यक्ष एव अनुगमन समितिका सदस्य मोहम्मद अयूव सिद्धिकीले बताए ।
बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न बाँकेमा राष्ट्रिय मानव अधिकार आयोगको संयोजनमा गठित बाँके जिल्ला स्तरिय मानव अधिकार अनुगमन समितिको बैठकले लकडाउन अवधीमा घटेका लैंगिक हिंशाका घटनाको प्रभावकारी अनुसन्धान र पीडितको न्यायमा सहज पुग्न नसकेको गुनासाहरु अनुगमन टोली समक्ष आएकोले कुनै पनि बहानामा पीडिततको न्याय पाउने अधिकार बन्चित नगर्न सम्बद्ध पक्षको जान जानु पर्ने कुरामा जोड दिईएको समितिले जनाएको छ ।
गैर सरकारी सस्था महासंघ बाँके शाखा अध्यक्ष नमस्कार शाहको संयोजकत्वमा गठित मानव अधिकार अनुगमन समितिमा बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मोहम्मद अयूव सिद्धिकी, नेपाल पत्रकार महासंघका बाँके अध्यक्ष ठाकुर सिंह थारु, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्धारिका अधिकारी, नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य, अधिकारकर्मी वसन्त गौतम र रबिन्द्र कर्ण सदस्य छन् ।