८ हजार नाघ्यो संक्रमित संख्या

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । त्यससँगै हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

शंकास्पद कारणले मृत्यु

यसैबीच, बर्दियामा र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु भएको छ ।

क्वारेन्टाइनबाट घर पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको नगरपालिकाले जनाएको छ । मृत्यु भएका व्यक्ति गत जेठ २२ गते काठमाडौंबाट गएर वडा नम्बर–३ स्थित खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा बसेका थिए । पीसीआर परीक्षणका लागि मृतक व्यक्तिको स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ । रिपोर्ट आएपछि मात्रै उनको अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया