नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएको जानकारी मन्त्रालयले दिएको छ ।
७३ जिल्लामा फैलिइसकेको कोरोनाबाट ५३९ महिलासहित ७ हजार १ सय ७७ जना संक्रमित संख्या पुगेको छ । बाँकेकी एक महिला सहित ज्यान जानेको संख्या २० पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।