विकास संवादः नेपालगन्ज

हाम्रो जोड भनेको बेच्न नसकेपनि आफ्नो घरमा उत्पादन गरेर आफैले तरकारी खानुपर्छ भन्ने हो । लकडाउनले आफ्नै बारीमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने महसुस पनि गराएको छ । त्यसैले फेरि उक्त कार्यक्रमलाई निरन्तरता दिने छौं ।

असार आएर हो कि विकासका काम तिब्र भैरहेका छन् ?
हामीले वडाका सबै योजना चैत्रमैं सक्ने योजना बनाएर काम गरिरहेका थियौं । तर, यो कोभिड १९ को महामारीका कारण त्यसपछि भएको लकडाउनका कारण उत्पन्न प्राविधिक समस्याले नै हामीलाई ढिलाई भएको हो । र, अहिले वडाका योजनाहरु करिब करिब ९० प्रतिशत सकिइसकेको छ । असारमसान्तसम्म सकिन्छ ।

यतिबेला वडाका प्राथमिकता के छन् ?
वडाका प्राथमिकतामा धेरै कुराहरु रहेको छन् । हामीले यहाँका टोलका सबै नागरिकको बढी माग नाली र बाटो भएकाले हामीले त्यसलाई योजनामा राखेका छौं । सँगसँगै हामीले डेढ सय बर्ष अघिको पुरानो कुँवा मर्मत गरिरहेका छौं । हामी धार्मिक, पौराणिक मन्दिरहरुको संरक्षण गर्ने र सौन्र्दयीकरण गर्ने काम भैरहेको छ । चार वटा पुराना मन्दिर मर्मत, सम्भारमा जोड दिएका छौं ।
वाटरपार्क पनि बनिरहेको छ । स्पोर्टस् एकेडेमी तयार गरिसकेका छौं । त्यहाँ वडाको बजेट अनुसार ५ प्रतिशत काम बाँकी छ र भैरहेको छ । कार्यालय भवन निर्माण गरेर वडालाई आफ्नै भवनमा सारिसकेका छौं । कालोपत्रे बाटो, पीसीसी, ग्राभेल, नालाको काम वडामा भैरहेको छ । सौन्र्दयीकरणका लागि गमला राख्ने र फुल रोप्ने काम भैरहेको छ ।

तपाईंले वडामा एक घर एक करेसाबारीको कार्यक्रम ल्याउनु भाथ्यो । कति प्रभावकारी भयो ?
हामीले सोचे अनुरुप अगाडि त बढाउन सकेका त छैनौं । यद्यपि, हामीले प्रयासहरु चाहीँ गरिरहेका छौं । त्यसका लागि खुला सीमाना चुनौति छ , मानिसका घरघरमैं तरकारी पुग्दा आफ्नै बारीमा उत्पादन गर्न, परिश्रम गर्न अल्छी मानेको पाएका छौं । हाम्रो जोड भनेको बेच्न नसकेपनि आफ्नो घरमा उत्पादन गरेर आफैले तरकारी खानुपर्छ भन्ने हो । लकडाउनले आफ्नै बारीमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने महसुस पनि गराएको छ । त्यसैले फेरि उक्त कार्यक्रमलाई निरन्तरता दिने छौं । हामीले घरघरमा गएर तरकारी उत्पादन गरिदिने होइन, उहाँहरुलाई प्ररित गर्ने हो त्यसका लागि आवश्यक सहयोग गरिदिने हो । पानीको व्यवस्था गर्ने, अर्गानिक मल उत्पादन गर्न सिकाउने हो र, त्यस अनुसार अघि बढाइरहेका छौं ।

चालु आर्थिक वर्षका विकास बजेट खर्च हुन्छ त सबै रकम ?
काम भइरहेको छ । हाम्रो वडाले सबै विकास बजेट सक्नेछ । अन्य वडाको बारेमा त्यति बुझ्ने समयमा पाएको छैन । सबै वडाले काम गर्ने प्रयास गरिरहनु भएको छ,तर कतिपय प्राविधिक समस्याले काममा अवरोध भएको हुनसक्छ ।

वडाका जनप्रतिनिधिका प्राथमिकता के हुन् अब ?
हामीले गरेका प्रतिबद्धताहरु पूरा गर्दै जाने हो । धार्मिक, पौराणिक, ताल, तलैया, सार्वजनिक जग्गाको संरक्षण र सौन्र्दयीकरण गर्ने कुराहरु प्राथमिकतामा रहेका छन् । ग्रिनरी वडा बढाउने लक्ष्य छ । त्यस्तै, प्रत्येक बर्ष एउटा टोलमा कालोपत्रे सडक पुर्याउने लक्ष्य हो । त्यस अनुसार धेरै टोलमा कालोपत्रे सडक पुगेका छ । केही टोल बाँकी छन् त्यो पनि मेरो कार्यकाल भित्र पुग्नेछ । नाली, पसीसी बाटो, शिक्षा, स्वास्थ्य, युवा लक्षित कार्यक्रम, खेलकुद नागरिकको चासो हो र हामी त्यसै अनुसार काम गरिरहेका छौं ।


उत्पादन र रोजगारीसँग जोड्ने केही कार्यक्रम ?
कोभिडका कारण धेरै मानिसहरु विदेशबाट फर्किनुभएको छ । अब रोजगारीको अवसर बढाउनु पर्छ भन्नेमा उपमहानगरपालिकाले नै योजना बनाइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले उत्पादन र रोजगारीसँग जोड्ने कार्यक्रम आगामी आ.व.मा ल्याउनका लागि बोर्डमा पनि छलफल भैरहेको छ । बेरोजगार युवाहरुलाई यही रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ भन्नेमा छौं । जस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम भनेजस्तै यहाँ वडास्तरीय कार्यक्रम बनाउन सकिन्छ । जसले श्रमिकलाई रोजगारीसँगै उत्पादन सँग जोड्न सकियोस् ।


तपाई उपमहानगरको प्रवक्ता पनि, वडाहरुका माग के कस्ता आइरहेका छन् ?
आगामी आ.व.का लागि ठूलो संख्यामा तथ्यांक लिनुपर्ने देखिन्छ । तथ्यांक नहुँदा हामीलाई राहत वितरणमा समस्या भयो । थुप्रै विदेश गएका युवा फर्किसक्नु भएको छ । उनीहरुलाई रोजगारमा जोड्नु पर्ने अवस्था छ । अब कति जना वडामा विदेशबाट आए, उनका सीप के हो तथ्यांक लिएर सीपमूलक कार्यक्रमहरु ल्याउनु पर्छ । रोजगारमूखि योजना अघि बढाउनु पर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया