पीडितको घर बनाउने अभियान

कोरोना भाइरस संक्रमणपछि क्वारेन्टाइनमैं ज्यान गुमाएका युवकको परिवारलाई घर बनाउन अभियान थालिएको हो

कोरोना भाइरस संक्रमणका कारण क्वारेन्टाइनमैं ज्यान गुमाएका बाँके नरैनापुर नयाँबस्तीका युवकको घर बनाउन अभियान थालिएको छ ।


गत शनिवार कोरोना कहर माथि अभावको बज्रपात शिर्षकमा दैनिक नेपालगन्जले मुख्य प्राथमिकतामा प्रकाशित गरेको भोला महतको स्थलगत स्टोरीपछि उक्त अभियान थालिएको हो । राहत वितरणका लागि विहिबार नरैनापुर नयाँबस्ती पुगेका नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेष कुमार कनोडियाले घर बनाउने अभियानलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यो अभियानमा अरुलाई पनि सहयोग गर्न आग्रह छ, डा. कनोडियाले सबैले मिलेर सहयोग गर्ने हो भने छिटै घर निर्माण गर्न सकिने धारणा राखे ।
इन्सेक प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले डा. कनोडियाको घोषणाले घर बनाउन अभियानलाई उर्जा मिलेको बताए । हामी यो अभियानमा सक्दो सहयोगका लागि आव्हान गरेका छौं, महतले दैनिक नेपालगन्जसँग भने ।


नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पीडित परिवार निकै विपन्न रहेकोले काज क्रियाका लागि गाउँपालिकाबाट तत्काल ५० हजार रुपैयाँ दिन थालिएको बताए । घर बनाउने अभियानमा आफुले पनि आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

प्रतिक्रिया