बाँके : कोरोना संक्रमितको संख्या ३ सय पुग्दै

बाँकेमा पहिलो पटक कोरोना संक्रमित गत बैशाख १९ गते फेला परेका थिए । त्यसपछि कोरोना संक्रमितको संख्या थपिंदै डेढ महिनामै ३ सयको हाराहारीमा पुगेका छन् । हाल बाँकेका सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिइसकेका छन् ।


भारतबाट आएका, कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएका, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।


बिहीबार बाँकेमा थप १३ कोरोना पोजेटिभ भेटिएको भरी अस्पताल नेपालगन्जले जानकारी दिएको छ । यो सँगै बाँकेमा कोरोना पोजेटिभको संख्या २ सय ९५ पुगेको छ ।
बाँकेमा कोभिडका कारण नरैनापुरको क्वारेन्टाइनमा १ जनाको मृत्यु भैसकेको छ । बाँकेमा देखिएको कोरोना पोजेटिभ गम्भीर लक्षण देखिएको छैन । हालसम्म निको हुनेको संख्या १ सय ३५ रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया