कर्णालीमा टिप्पर: हाम फालेर जोगियो ४ जनाको ज्यान

कोरोना कहरबाट ज्यान जोगाउन घर फर्किएकाहरुलाई बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । कालीकोट जिल्लाको रासकोट नगरपालिकाले भारतका विभिन्न ठाउँबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न दैलेखसँगको सीमा क्षेत्रबाट लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर आज बिहान कर्णाली नदिमा खसेको हो ।
४ जना हाम फालेर ज्यान जोगाएका छन्, स्थानीय प्रशासनलाई उद्धृत गर्दै कालीकोटका पत्रकार पवित्र कुमार शाहीले नेपालगन्जन्यूजसँग भने, हामी घटनास्थलभन्दा १ घण्टाको दुरीमा छौं, घटनास्थल पुगेपछिनै धेरै कुरा बुझिनेछ । पत्रकार शाहीका अनुसार, उद्धारका लागि घटनास्थल पुगेको नेपाली सेना र प्रहरीको टोलीले काम सुरु गरिसकेको छ ।
सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइन स्थलमा लिएर जाँदै गरेको टिप्पर कालिकोटको राजकोट नगरपालिका क्षेत्रमा प्रवेश गरेलगत्तै दुर्घटनामा परेको हो । यात्रुलाई उद्धार गरेर लैजाँदै गरेको टिप्परमा करिब ३८–३९ जना सवार रहेको बुझिएको पत्रकार शाहीले बताए । प्रहरीले ४ जनाको शव फेला परेको बताएपनि आफुले पुष्टि नपाइसकेको पत्रकार शाहीको भनाइ छ ।

भारतबाट आएका उनीहरु नेपालगन्ज नाकाबाट कर्णाली प्रदेश पुगेका उनीहरुलाई नरहरिनाथ गाउँपालिका – १ लालीबजारबाट रासकोट नगरपालिकातर्फ लगिंदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया