कोरोना संक्रमितको शल्यक्रिया गर्दै नेपालगन्ज मेडिकल कलेज

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आज कोरोना संक्रमित एक गर्भवती महिलाको शल्यक्रिया गर्ने भएको छ । त्यसका लागि अस्पतालका अन्य सबै सेवा बन्द गरेर शल्यक्रिया गर्न लागिएको हो ।
कलेजका उपनिर्देशक डा. नितेश कुमार कनोडियाकाका अनुसार, अछाम बयलपाटा अस्पतालबाट रिफर २५ बर्षीया १८ हप्ताकी गर्भवती महिलाको आन्द्रा बेरिएको (Acute Intestinal Obstruction) कारण आपतकालीन अप्रेशन गर्नुपर्ने भएको हो । त्यसक्रममा पीसीआर चेक गर्दा कोरोना सङ्क्रमित पुष्टि भएपछि अस्पतालले आन्तरिक ब्यबस्थापनका लागि मंगलवार शिक्षण अस्पताल पुरै बन्द गरेको अस्पतालले जारी सूचनामा उल्लेख गरेको छ । एक दिन मात्र कोहलपूर अस्पतालको सम्पुर्ण बहिरङ्ग सेवा (General OPD), आकस्मिक सेवा (Emergency) बन्द गरिएको सूचनामा उल्लेख छ । भोलि बुधवार देखि सुरक्षीत साथ सबै सेवाहरु सुचारु हूने जनाएको अस्पतालले शल्यक्रियाबारे औपचारिक जानकारी गराउने भएको छ । हामी मिडियासँग भेटघाट गर्नेछौं, पश्चिम नेपालमैं पहिलो पटक कोरोना भाइरस संक्रमित गर्भवतीको सुरक्षित शल्यक्रियामा चिकित्सकहरु जुटेको जानकारी दिंदै उपनिर्देशक डा. कनोडियाले भने ।
नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर नेपाल सरकारको कोभिड १९ को उपचारमा तेस्रो श्रेणीमा वर्गिकृत महत्वपूर्ण अस्पताल हो ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत जारी जारी गरेको सूचना

प्रतिक्रिया

प्रतिक्रिया