कोरोना : बाँकेका १३ जना सहित ४३ घर फर्किए, नेपालमा २ सय ७८ संक्रमित थपिए


बाँकेका १३ जना शुक्रबार कोरोना जितेर घर फर्किएका छन् । खजुराको कोरोना अस्पताल र लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिहरु कोरोना निको भएर घर फर्किएका हुन् । शुक्रबार नेपालभर ३ सय ३३ जना निको भएर घर फर्किएका छन् । प्रदेश नं. ५ मा ९२ जनाले कोरोना जितेका छन् ।


नेपालमा २ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले २ सय ७८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया