कोरोना कहरमा कृषकका सवाल

मल बिउको समस्या र स्थानीय उत्पादनले बजार नपाउदा कृषक मर्कामा छन् ः कृषक कप्तान पाठक


कोरोना कहरले अन्य क्षेत्र जस्तै कृषि क्षेत्रलाई पनि प्रभावित पारेको छ । एकातिर भारतबाट लुकि छिपी कृषिजन्य खाद्य पदार्थ नेपाल आईरहेका छन् भने अर्को तर्फ कृषकका स्थानीय उत्पादनले बजार पाएका छैनन । बजार नपाउदा कैयौ किसानको उत्पादन खेतमै कुहिएको छ । कति किसानको उत्पादन लागत समेत उठ्न नसकी क्षति ब्यहोरेका छन् ।


गत बर्ष पनि धानमा फौजी किरा र धानको बिउँ नउम्रेका कारण धेरै किसान मारमा परे । किसानको कृषि बिमामा पहुच पुग्न नसक्दा धेरै किसानको परिश्रम खेर जाने गरेको छ । बर्तमान कोरोना कहरले उत्पादन कम भयो र किसानहरु आयमा कमि भयो भने त्यसले खाद्य अधिकारमा असर पर्ने खाद्य अधिकारको क्षेत्रका कार्यरत फियान नेपालका क्षेत्रीय संयोजक सुरेश कुमार गौतमले बताए । कोरोना कहरले कृषक मारमा परेका कुरालाई मध्यनजर गर्दै अव तीन वटै तहका सरकारले किसान लक्षित कार्यक्रम ल्याउनु पर्ने गौतमले बताए ।


खाद्य अधिकारको सुनिश्चितताका लागि कृषकका सवाल उठान गर्ने र उनीहरुका समस्या सम्बोधनमा पहल गर्ने उदेश्यका साथ फियान नेपालले दैनिक नेपालगन्जको सहकार्यमा खाद्य अधिकार र हाम्रो सरोकारको बिषयलाई महत्व साथ उठाउन लागेको गौतमले भने ।
बर्तमान लकडाउनको कारण कतिपय किसानले आफुले उत्पादन गरेका खाद्य बस्तुहरुले आवश्यक बजार नपाउदा मर्कामा परेका छन् भने बाली लगाउने बेला मल बिउँ नपाउदा समयमा खेती लगाउन नपाएको गुनासो गरेका छन् । गाईभैसी लगायतका पशुहरुका लागी आवश्यक दाना पाउन समस्या रहेको किसानले बताउने गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले किसानको क्षतिको जोखिम कम गर्न सबै किसानहरुले कृषि बिमा गराउन आवश्यक रहेको बताएका छन् ।


रेडियो कृष्णासार एफएमबाट प्रशारित खाद्य अधिकार र हाम्रो सरोकार बिषयक रेडियो सम्बाद कार्यक्रममा बोल्दै केन्द्र प्रमुख ढकालले उन्नत जातको सिफारिस नेपाली बिउँ प्रयोग गर्न कृषकलाई सल्लाह दिए ।


कृषकले बिउँ बिजन पाउन भन्नका लागी एग्रोभेट संचालन र स्थानीय तहका कृषि शाखा मार्फत समन्वय गरिएकोे ढकालले बताए ।


किसानलाई मध्यनजर राख्दै प्रदेश सरकारले कोभिड प्रभाबित किसान कार्यक्रम ल्याएको जानकारी दिए । प्रदेश सरकारले कृषि उपज, बिउँ उत्पादन, दुध उत्पादनमा जोड दिईएको र क्षति उकास्ने खालका कार्यक्रम ल्याईएको जानकारी दिए । कृषि, पशुपंक्षी, बिउ तरकारी उत्पादनमा स्थानिय निकाय मार्फत किसानलाई सहयोग पु¥याउने कार्यक्रम प्रदेश सरकारले ल्याएको ढकालले बताए । कृषि ज्ञान केन्द्रले सामाजिक संजाल र सुचना प्रबृधिको प्रयोग गरि कृषकलाई धानखेती र खेतीकिसानी बारे जानकारी गराइरहेको जानकारी दिए ।


धानमा फौजी किरा लागेका कृषकलाई क्षतिपूर्तिको रकम निकाशाका लागि मन्त्रालयमा पठाएको जनाउदै ज्ञान केन्द्र प्रमुख ढकालले जेठ महिना पछि तरकारीको बजार उत्पादन बढेको र माग थोरै भएकाले कृषकलाई मर्का परेको बताए । भारतबाट आयातित कृषि उपजको रोक्न र स्थानीय उत्पादनमा बढावा दिन लागीपरेको ढकालको भनाई थियो । दर्ता भएका र सिफारिस नभएका बिउँ बिज बिजन प्रयोग नगर्न किसानलाई आग्रह गर्दै ढकालले बिदेशबाट आयातित बिउमा बढी समस्या देखिएकले नेपाली उन्नत जातका बिउँ प्रयोग गर्न किसानलाई सल्लाह दिए । किसानलाई मल बिउँमा बढी मुनाफा लिई ठगि गर्नेलाई एग्रोभेट संचालकलाई कारवाही हुने ज्ञान केन्द्र प्रमुख ढकालले बताए ।


एग्रोभेट संचालकसग समन्वय गरेर सहज तरिकाले किसानलाई मल बिउ बितरणमा पहल गरेको जानकारी दिए । यस बर्षको कोरोनाको असर अर्को बर्ष नपरोस भनेर कृषि उत्पादन बढाउन पहल थालिएको ढकालले भने ।


रेडियो इजलास कार्यक्रमका संचालक अधिवक्ता बसन्त गौतमलाई कृषिका सवाल र सरोकारवालाको भुमिका बिषयमा अन्तरवार्ता दिदै कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले उन्नत जातको बिउँबाट उत्पादित बिउँ ३ बर्ष सम्म प्रयोग गर्न सकिने बताए । हरेक बर्ष बिउँ परिवर्तन गर्न नपर्न ढकालले भनाई थियो । कृषि प्राबिधिकको सल्लाह अनुसार खरिद गर्दा जोखिम कम हुने ढकालले भने ।


डुडुवा गाउँपालिकाका स्थानिय खाद्य अधिकार संजालका संयोजक एवं किसान कप्तान पाठकले बर्तमान लकडाउनका कारण कृषक निकै मर्कामा परेको बताए । किसानका सवाल कार्यक्रमका लागि कार्यक्रम संचालन बसन्त गौतमसंग कुराकानी गर्दै पाठकले गत बर्ष नोक्सानी भएको धान बालीको क्षतिपूर्ति अझै नपाएको बताए । डुडुवा गाउँपालिका अन्तरगतका किसानले गत बर्ष धान बाली नोक्सानीको क्षतिपूर्ति अझै नपाएको पाठकको गुनासो पोखे । मलबिउँमा सरकारी तवरबाट सहयोग नभएको उनले दुखेसो पाखे । ‘स्थानीय सरकारले किसानका समस्यामा सहयोग गरेको छैन । सबै कृषकलाई स्थानीय सरकारले हेरेको छैन । सहयोगमा पक्षपात गरेको छ । सहयोगमा एक रुपमा देखिएको छैन । किसानलाई मल बिउँमा समस्या छ । स्थानीय तरकारी उत्पादनले बजार पाएको छैन’ पाठकले अन्तरवार्ताका क्रममा भने । ‘गत बर्षको धानबाली फौजी किराले सखाप पा¥यौ । क्षतिपूर्ति पाइनन् । लगानी अनुसार परिश्रम उठेन, उत्पादित बस्तुले बजारीकरण पाउन सकेका छैनन । मलबिउँ र बजारीकरणमा सरोकारवालाले ध्यान दिनु पर्छ । बाली लगाउने बेला बिउँबिजन पाउन समस्या भैरहेको छ । किसानका सवालमा सरोकारवाला गम्भीर हुनु पर्छ,’ पाठकले भने ।


बर्तमान कोरोना कहरमा खाद्य अधिकारको सवाल पेचिलो बन्दै गएको र खाद्य असुरक्षा बढ्न जाने कुरालाई मध्यनजर राख्दै फियान नेपालले किसानका सवालको उठान गरि सरोकारवालासम्म पु¥याउनका लागी रेडियो कृष्णसार ९४ मेगाहर्ज र दैनिक नेपालगन्जसँगको सहकार्यमा किसानका सवाल सम्बोधनको पहल थालेको फियान नेपालका नेपालगन्ज प्रमुख सुरेश कुमार गौतमले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया