विश्व भर कोरोनाबाट पचास लाख भन्दा बढी सन्क्रमित र चार लाखको नजिकको ज्यान गई सकेको छ । अझ कति ? कसैसङ्ग जवाफ छैन । यो रोग नयाँ ,अनुसन्धान र अनुभव मै भएकाले अहिले सम्म वास्तविक उपचार नभएको र खोप बन्न सकिरहेको छैन । केही देशले खोप बनाउने कार्य तिब्र गतिमा भै रहेको भनेता पनि कहिले सम्म ? र बनेको खण्डमा पैसाको हिसाबले सबै देश र व्यक्तिको पहुँचमा हुन्छ हुदैन त्यो पर्खाइमा छ। कोरोना भाइरस बारेमा नजानेको नसुनेको सायद केही भाषागत समस्या र अति विपन्नवर्ग जहाँ हरेक कुराको अभाव होला त्यो बाहेक सबैलाई थाह नै छ । यस रोगको लागी सबैभन्दा ठुलो उपचार रोग लाग्न नै नदिनु हो । तर हामी त्यो कुरा आत्मसात गरिरहेका देखिदैनौ ।
सामाजिक दुरि राख्नु परे ठुलो दुख मान्छौ र मलाई रोग छैन म किन दुरि कायम राख्ने भन्छौ । मास्क सहि तरिकाले नलगाई जुनसुकै समय तलमाथि नगरी कुनै काम गर्नै सक्दैनौं । सफाई सहि तरिका बाट गर्दैनौं । सरकार पर्ती धेरै अविश्वास राख्छौ तर आफु कसरी र कहाँनिर चुकी रहेका छौं त्यो थाह पाउदैनौ ।यो रोगको उपचार भएको भए आज विश्व लकडाउन(बन्दाबन्दी)मा हुने थिएन होला। उपचार नभएको कारणले एक व्यक्ति बाट अर्को व्यक्तिमा नसरोस र समाजमा नफैलियोस धेरै व्यक्ति एकै पटक सन्क्रमित नहुन , मानवीय क्षति नहोस । रोगको व्यवस्थापन र उपचार गर्न कठिन नहोस भनेर नै लकडाउन गरिएको हो । जुन सबैले बुझेर बुझ पचाउने काम भैरहेको देखिन्छ । लकडाउन समयमै नगरिएको भए परिस्थिति धेरै कठिन र सम्हाल्न अप्ठ्यारो हुने गरि आउथ्योहोला समयमा लकडाउन हुदाँ तपाई हामी सुरक्षित भएका छौं । यसमा अमेरिका ईटाली स्पेन बेलायत लाई हेर्न सक्छौ र विभिन्न सन्चार माध्यममा पनि आई सकेको छ ती देशमा समयमा लकडाउन गरिदेको भए यति मानवीय क्षति हुने थिएन । ती देशको जस्तो संक्रमण र मानवीय क्षति हाम्रो देशमा भएको भए आज के हुन्थ्यो होला कल्पना गर्दा नि डर लाग्छ ।यो रोग कति समयको लागि भन्ने कुनै निश्चितता नभएको कारणले अब कसरी आगामी समयको बाटो तय गर्ने भन्ने छ र गर्न जरुरी पनि छ । जुन कुरा भई सक्यो समय गैसक्यो त्यसलाई मनन गर्दै अबको बाटो सहजरूपमा उतार्न केही विकल्पको खोजी गर्नुपर्ने अवस्था आई सकेको छ ।
लकडाउन भएको दुई महिना पार गरि सकेको छ । मानिसको जीवन दिनपर्तिदिन कष्टकर बन्दै गैरहेको छ । जुन हामी स्वयं भोगिरहेका छौं । लकडाउन मात्र जारी राखेर अब अगाडि बढ्न सक्ने अवस्था नरहेकोले बिस्तारै यो खोल्दै जानुको विकल्प छैन। रोगको मापदण्डमा रहि सामाजिक दुरि राखी मास्कको प्रयोग र हातको सफाई देखी शरीर लत्ताकपडा घर टोल समाज सफा राख्ने । स्वस्थ खानपिन ,रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना ( हरियो ताजा तरकारी , ताजा फलफुल , गेडागुडीको झोल, अन्डा , कागती, झोलिलो खाना ) मा जोड गर्ने । आवश्यक आराम, पानी प्रशस्त पिउने , आवश्यक व्यायाम-योगा नियमित गर्ने । यसले हामीलाई सधै स्वस्थ रहन मद्दत गर्द्छ रोगबाट बचाउन सहयोग गर्द्छ । त्यस्तै यो रोग बारे जनचेतना अझै बढाउने जसले व्यक्ति स्वयं रोग प्रति सतर्क रहि आफ्नो दैनिकी आफ्नो काम गर्न सकोस । जो दीर्घ रोगी छन विभिन्न रोगको औषधी खाई रहेका छन , बुढा बुढी , बच्चा , कुपोषित वालवालिका , गर्भवती-सुत्केरी महिला , असहायको विशेष ध्यान दिनु पर्छ । किनकी उनिहरुलाई रोग लाग्न सक्ने सम्भावना अरुको भन्दा बढी हुन्छ । ठुलो भिडभाड जमघट हुने खाल्का कार्य जस्तो मेला, सम्मेलन, उदघाटन ,समापन, जुलुस, सामुहिक भोजभतेरमा केही समय रोक लगाई अन्य व्यापार व्यवसाय उत्पादन कम्पनी उधोग संचालन गर्नु दिनुपर्छ । छिमेकी देश भारत लगायत विश्वका धेरै देश दिनप्रतिदिन खुल्दैछन । जसले भारत लगायत अन्य देशबाट नेपाल आउनेको ठुलो संख्या बढ्ने पक्कै छ । ती सबैको यकिन तथ्यांक लिएर घरमा क्वारेन्टाइन बस्न सक्ने वातावरण भएकालाई घरमै बस्ने व्यवस्था मिलाउनु पर्छ र हाम्रो जस्तो अल्पविकसित देशमा एउटा शौचालय नभएर झाडीमा जानुपर्ने वाध्यता र भएपनि परिवार भरिलाई एक शौचालय हुने भएका र सक्दै नसक्नेका लागी बिशेष स्थानीय स्तरमा अहिले गरेको व्यवस्थालाई अझै सुधार गरि त्यहाँ राख्ने व्यवस्था मिलाउनु पर्छ । यो रोगको शंका लागेका र मिल्दा लक्षण देखिएका वा परिक्षणमा पोजेटिभ देखिएकाको तुरुन्त जांच गर्ने परिवन्ध मिलाई आईसोलेसनमा राख्नु पर्छ ।
कुनै क्षेत्र बिशेषमा त्यस्ता धेरै व्यक्ती बिरामी भेटीएमा त्यो क्षेत्रलाई आवस्यक स्वास्थ्य र सुरक्षा निगरानीमा राख्ने व्यवस्था गर्दा आर्थिक बचत तथा क्वारेन्टाइन गर्न सहजता हुनेछ । एकपटक परिक्षण गरि सके पछि पोजेटिभ आएपनि बारम्बार परिक्षण गर्नु भन्दा चौध दिन अनिवार्य आईसोलेसन पछी थप दस दिन घरमा आईसोलेसन गर्ने व्यवस्था मिलाउदा आर्थिक भार कम हुने देखि स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी कम आवस्यकता पर्ने हुन्छ । यो अब अनिवार्य र अपरिहार्य छ । यो केन्द्र प्रदेश र स्थानीय सरकारको समन्वयमा थालनी गरि हाल्नु उपयुक्त देखिन्छ । अहिले आईसोलेसनमा रहेकामा बढी समय, स्वास्थ्य, सुरक्षा र आर्थिक खर्च बढी भएकोछ जुन कम हुनेछ । आईसोलेसन भन्दा क्वारेन्टाइन र परिक्षण बढी आवस्यक छ । जसले महामारी हुन र समाजमा तीब्र फैलनबाट रोक्न मद्दत मिल्ने छ ।त्यस्तै अहिले भईरहेको परिक्षणको दायरा सके जति अझै बढाउन सक्नु पर्छ । जसले आममानिसमा रहेका संक्रमीत छुट्टाउन सकिन्छ र जनमानसमा रहेको डर र मानिसबाट मानिस भाग्नु पर्ने अवस्थामा सुधार आई रोगको डर र त्रासको वातावरण छिटो कम हुनेछ । जसले सबै तिर सहज वातावरण बन्दै जाने छ । परिक्षणबाट पोजेटिभ भएको तर समस्या केही नभएको जसले घरमै आईसोलेसनमा बस्न चाहेको भए बस्न दिनुपर्छ तर स्वास्थ्यकर्मिको निगरानीमा रहनुपर्छ त्यसको लागि ज्वरो खोकी बढेमा स्वास फेर्न कुनै अप्ठ्यारो भएमा जानकारी गराउने स्वस्थ र रोग पर्तिरोधात्मक क्षमता वृद्धि गर्ने खानाको प्रयोग गर्ने र परिवार समाजमा फैलिएमा हुन सक्ने दुर्घटना बारे सचेत गराई कुनै लापरबाही देखिएमा कार्वाहीको भागेदार हुनुपर्ने जस्ता कुरामा सजक गराउनु पर्छ ।
त्यस्तै आम सजक अगुवा नागरिकबाट यस रोगको रोकथाम परिक्षण उपचार क्वारेन्टाइन आईसोलेसनमा केही कमजोरी भए औल्याउन सक्नु पर्छ र देखियका कमजोरी सामाजिक संजाल विभिन्न मासमा राख्नु भन्दा सम्वन्धित निकाय या व्यक्तिलाई सजक गराउनु राम्रो हुन्छ नत्र यसले त्रासको महोल निर्माण गर्छ । जसले परिक्षणबाट टाढा रहन खोज्ने लुक्ने ढाट्ने प्रवृत्तिको विकास हुन्छ ।त्यस्तै रोगको पकड घट्दै गएको अवस्थामा केही समय ऋणधन भोकमरी अभाव र त्रासको महोल धेरै हुन सक्ने सम्भावना छ । त्यस्तो अवस्थालाई कम गर्न सरकारले ठोस राहत प्याकेज ल्याई उच्चस्तरीय निर्णयका साथमा अहिले नै सजक र व्यवस्थापन तर्फ लाग्नु पर्छ । ऋणधनबाट आत्महत्या गर्ने , जघन्य अपराध गर्ने नियत बन्न सक्छ त्यसैले बैंकको कर्जा, ब्याजदरमा आवश्यक सहुलियतमा ध्यान दिन जरुरी छ ।
वास्तविक पीडितले सहुलियत व्याजमा ऋण र काम गर्नका लागि चाहिने आवश्यक रकम पाओस । भोकमरीले कसैले ज्यान गुमाउन नपरोस जसकालागी आवश्यक खाद्यान्न मौज्दात राखी कसैले अनावश्यक कृत्रिम अभाव बनाउन नपाओस त्यस तर्फ सजक रहि वास्तविक तथ्यांक लिएर स्थानीय स्तरमा पुर्याउनु पर्छ । पारिवारिक संख्या, घरको अवस्था, जग्गा, आम्दानीको आधार लाई हेरि खाद्य वितरणमा सहजता लिनुपर्छ । त्यस्तै रोगको त्रास कम गर्ना जनचेतनामुलुक कार्यलाई अझै बढी र सबै भाषामा बुझ्ने गरि प्रचार प्रसारमा जोड गर्नुपर्छ । त्यस्तै विभिन्न देशबाट फर्केका जो आफ्नो र परिवारको जिविकोपार्जन र भविस्य निर्माण गर्ने सपना पुरा नहुदै फर्केका छन तिनीहरुको लागि कृषि पशुपालन माछापालन लगाएतका विभिन्न अवसरहरुमा उत्साह थपी आवश्यक ऋण तथा कृषि औजार , तालीमको सहज व्यवस्था गराउन सरकारले उचित कदम समयमै चाल्न सक्नुपर्छ । त्यस्तै हामी अर्काको देशमा बगाउने पसिना आफ्नै देशमा बगाउन तयार हुनै पर्छ चाहे एक छाक खाउला । किनकी अहिले जस्तो महामारीको समस्या फरक प्रकारले फेरि पनि नआउला भन्न सक्किन । यो महामारीबाट विश्व समुदायमा आर्थिक अवस्था नाजुक भई विकासका हरेक कार्य रोकिए पनि सबैभन्दा सताउने भनेको आमजनतालाई खाद्यान्न कसरी पुर्याउने र रोग भन्दा भोग बाट कसरि बचाउने भन्ने मै ध्यान केन्द्रित देखिएको छ ।
केही आधुनिक कृषिमा क्रान्तिकारी फड्को मारेका देश वाहेक सबैलाई भोगकै चिन्ता देखिन्छ । त्यसैले आफ्नो देश भनेको आफ्नै हो जे होला बाँडेर खाउँला तर विदेशमा गर्ने मेहनत आफ्नो घर गाउँ देशमा गर्ने र बाँजो जमिन नराख्ने फलफूल तरकारी खेती गर्ने रुख बिरुवा लगाउने कार्यमा जति स्वदेश आएका युवा वर्गलाई लगाउन सकियो भने बेरोजगारी समस्या कम हुने देखी आर्थिक विकासमा एकदिन हामी अवस्य सफल हुने छौं । जीवन सबैको प्यारो र उत्तिकै महत्त्वको हुन्छ तर पनि स्वास्थ्य, सुरक्षा र सफाईकर्मी पर्ती विश्वास बढाउ उनिहरुलाई सक्दो सहयोग गरौ उनिहरु नै अहिलेको विषम परिस्थितिका आशाका किरण हुन ।यति हुँदा हुँदै पनि अहिले बाँकेबासी लगायत नेपालगन्जिया उच्च जोखिममै छौं त्यसैले सुरक्षित रहि आफ्नो दैनिकी बढाउनु राम्रो होला।