कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बाँकेमा एकै पटक १६ जना थपिएका छन् । नेपालमा संक्रमितको संख्या ८८६ जनाा पुग्दा ।
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, बाँकेमा थपिएको संख्यामा सबैभन्दा बढी राप्ती सोनारी ७, बैजनाथ ६, डुडुवा २ र खजुरामा १ जना थपिएका हुन् ।
नेपालमा बुधबार एकै दिन ११४ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाँकेमा थप १६ जनामा पोजेटिभ भेटिएका हुन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा डुडुवाका २, राप्तीसोनारी गाउँपालिकाका ७, बैजनाथ गाउँपालिकाका ६, खजुरा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दांगमा १८ जना पोजेटिभ भेटिएका छन् । आठ स्थानीय तह रहेको बाँकेमा जानकी र कोहलपुर बाहेकका स्थानीय तहमा कोरोना पोजेटिभ भेटिइसकेका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । हालसम्म प्रदेश नं. ५ का ९ जिल्लामा ३ सय ६५ जना कोरोना पोजेटिभ भेटिएका हुन् । बाँकेमा कुल कोरोना संक्रमितको संख्या १ सय ७० पुगेको छ । जसमध्ये २२ जना निको भएका छन् । १ जनाको मृत्यु भएको छ ।