सरकार र पार्टी नेतृत्वलाई विशेष सुझाव

-अम्बिका प्रसाद भट्टराई,

नेकपाको विधान विपरित एक्लै पार्टी र सरकार संचालन गर्ने सुप्रिम अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली र इतिहासकै शक्तिशाली स्थायी सरकारका कार्यकारी प्रमको बिना कार्वाही एकाएक राजीनामा माग्ने नेकपाकै वरिष्ठ नेतात्रय तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल र माधव नेपाल समेतका कारण गतसाता नेपालको राजनैतिक वृत्तमा पद, प्रतिष्ठा र कुर्सीजात्राको घीन लाग्दो र लाजलाग्दो एकाङ्की नाटकको परिदृष्य देखापर्यो ।

प्राणघातक कोभिड १९ नामक कोरोना भाइरसले विश्वमा मानव अस्तित्व नै संकटमा परिरहेको बखत “बाँचौ र बचाऔँ” को साझा अभियान विपरित विश्व लकडाउनको कुअवसर पारी सत्ता स्वार्थ खातिर तपाईहरुको जीत र हारको लडाँइले सिङ्गो मुलुक र साँढे तीन करोड न्यायप्रेमी नेपाली जनताको शिर निहुराएको छ ।


प्रधानमन्त्रीले हेक्का राख्नैपर्ने कुरा करोडौं करोड शुभचिन्तक जनता, लाखौं संगठित सदस्य, हजारौं पूर्णकालिन कार्यकता र सयौं वरिष्ठ नेता सम्मिलित यो विशाल पार्टी र यसको प्राणरुपी पद्धती समेतलाई लत्याई अघि बढ्न खोज्दा सरकार क्रमशः असफल हुँदै गएको छ । त्यसैले आजैदेखि सामुहिक नेतृत्व सहित पार्टीको विधि र प्रक्रियाबाट मात्र सरकार अघि बढाउन अनुरोध छ ।


त्यस्तै पार्टी र वरिष्ठ नेताजीहरुले पनि अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको निर्णय र विधान विपरित सरकारका विशेष महत्वपूर्ण विषयहरु अघि बढाएमा पार्टीले आफ्नो विधान अनुसार आवश्यक कार्वाही समेतबाट नेतृत्वलाई सच्याएर पूर्ण अवधिभर काम गर्ने अनुकुल वातावरण तयार गरी चौतर्फी सहयोग गर्दै सरकारलाई सफल गराउनु पर्दछ । तर गत हप्ता तपाईहरुले सो प्रयास नगरी गुटगत बैठक र निर्णयको आधारमा सचिवालय वैठक भित्रै नियम विपरित एकाएक ’स्थायी सरकारका कार्यकारी प्रधानमन्त्रीको’ राजिनामा माग गर्नुले स्थिर सरकार भित्र कोरोना भाइरस विजारोपण गरी गरी मुलुकलाई पूनः अस्थिरतातर्फ धकेल्ने प्रयास गर्नुभएको छ । यसकारण अब उप्रान्त दुबै पक्षले विधि र प्रक्रिया अनुसार सरकारलाई आआफ्नो ठाँउबाट पूर्ण सहयोग गर्दै बाँकी अवधिमा मुलुकको विकास र आमजनताको हीतमा एकजुट भई सरकारलाई स्वतन्त्र रुपमा काम गर्ने अवसर प्रदान गर्न समेत विशेष आग्रह गर्दछु । (भट्टराई, पूर्व प्राचार्य हुन्।)

प्रतिक्रिया

प्रतिक्रिया