हम्रो जस्तो स्रोत साधन पर्याप्त नभएको देशमा
COVID-19
को लागि पटक पटक
RT-PCR
जाँच गर्नुभन्दा तल उल्लेख भए बमोजिम गर्न म सरोकारवालाहरुलाई सल्लाह दिन्छु ।
COVID-19
को आइसोलेसन सम्बन्धि ब्यबस्था ।
– एकपटक RT-PCR जाँच गरी भर्ना भएका लक्षण नभएका वा साधारण लक्षण भएका बिरामीहरुलाइ १० दिनपछि COVID-19
– अस्पताल वा समुदायमा आधारीत आईसोलेसन सेन्टरबाट RT-PCR जाँच नै नगरी थप १ हप्ता घरमै आइसोलेसनमा बस्ने सुझाब दिएर डिस्चार्ज गर्न सकिन्छ । सिकिस्त र निमोनिया भएका COVID-19 का बिरामीहरुलाई चाँहि RT-PCR Negative आएपछि नै डिस्चार्ज गर्न उपयुक्त हुन्छ
COVID-19
को क्वारेन्टाइन संम्बन्धि ब्यबस्था ।
– हाल क्वारेन्टाइनमा रहेका मानिसहरुलाई व्यबस्थित तरीकाले (जस्तै २ हप्ता अनिबार्य क्वारेन्टाइनमा राख्ने, सामाजिक दुरी कायम गर्ने, सफा पानी र साबुनको ब्यबस्था, एन्टीसेप्टीक र स्यानिटाईजरको आवश्यक प्रयोग, मास्कको प्रयोग, स्वास्थ्यकर्मीको निगरानीमा दिनमा कम्तीमा दुइपटक तापक्रम नाप्ने,
O2 को मात्रा जाँच, ब्लड पे्रसर जाँच, नाडीको गति जाँच, श्वासप्रश्वासको गति जाँच, आबश्यक परेमा triage गरी तुरुन्त आइसोलेसनमा प्रेषण) राख्न सकेमा सबैलाई RT-PCR जाँच गर्न आबस्यक छैन ।
– क्वारेन्टाइनमा रहेका मानिसहरुलाइ ज्वरो आएमा वा श्वासप्रश्वास सम्बन्धी लक्षण ( खोकी, श्वास फेर्न गार्हो) भएमा तुरुन्त आइसोलेसनमा सारेर RT-PCR गर्नु पर्दछ ।
– क्वारेन्टाइनमा राख्नुको उदेश्य अनुसार, २ हप्तामा उँहाहरुको COVID-19 Positive भएर लक्षण नभएको रहेछ भनेपनि निको भएर अरुलाई सार्न नसक्ने अबस्थामा परीणत हुन्छ । यसका लागि पुर्बशर्त चाही ब्यबस्थित क्वारेन्टाइन र आइसोलेसन नै हो ।
हामी कहाँ हाल प्रचलनमा रहेको आरडीटी जाँच गर्नु भन्दा माथि उल्लेख भए बमोजिम गर्न सकेमा हाम्रा उद्देश्यहरु किफायती तरीकाले पुरा हुन्छन् । भारत लगायत बिभिन्न देशमा यस्तै यस्तै प्रकारको चलन शुरु भैसकेको छ । यसो गर्दा आरटी–पीसीआर को जाँचको आवश्यकता कम्तीमा पनि १० गुणा कम हुन जान्छ । विभिन्न तथ्यहरुमा आधारीत रहेर तयार गरीएको यो मेरो ब्यक्तिगत राय मात्र हो ।