खाद्य अधिकारका सवालमा वकालत गर्छौ: अधिकारकर्मी गौतम
कोभिड प्रभावित, किसान मजदुर बेराजगार युवा लक्षित कार्यक्रम ल्याउछौ : मन्त्री पौडेल
बिगत ६ महिला देखि बिश्वभर फैलिदै गएको कोरोना संक्रमणका कारण अर्थतन्त्र नराम्ररी प्रभाबित भएको छ । लकडाउनका कारण प्राय सबै जसो पेशा ब्यवशाय, कलकारखाना बन्द हुदा निम्न बर्ग, किसान र दैनिक ज्दालादारीका काम गर्ने श्रमिक बर्ग बढी मारमा परेका छन् ।
बर्तमान कोरोना कहरमा खाद्य अधिकारको सवाल बढी पेचिलो बन्दै गएको सन्दर्भमा जोखिममा रहेका गरिखाने समुदाय, किसान, मजदुरका सवाललाई तिनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेस गर्नु पर्ने आवाज जनस्तरबाट उठीरहेको छ ।
कोरोना संक्रमणको फैलिदै गएको बर्तमान अवस्थामा मजदुर, किसान, निम्न आय भएका समुदायका समस्याहरु उजागर गरि संबिधान र कानूनले प्रत्याभुत गरेको खाद्य अधिकार सुनिश्चितताका लागी सरोकारवालाको ध्यानाकर्षण गराउने उदेश्यले फियान नेपाल र दैनिक नेपालगंजको सहकार्यमा खाद्य अधिकार र हाम्रो सरोकारको बिषयलाई महत्व साथ उठाउन लागिएको छ ।
यसमा बिशेष गरि मजदुर किसानले भोग्नु परेका समस्याहरुको पहिचान गर्ने, तिनका सवालहरु उजागर गर्ने र समस्या समाधानका लागी वकालत गर्नु आजको तड्कारो आवश्यकता बनेको छ ।
बर्तमान लकडाउनको कारण कतिपय किसानले आफुले उत्पादन गरेका खाद्य बस्तुहरुले आवश्यक बजार नपाउदा मर्कामा परेका छन् भने बाली लगाउने बेला मल बिउँ गाईभैसी लगायतका पशुहरुका लागी लागी आवश्यक दानाको पनि समस्या देखिएको छ ।
बर्तमान कोरोना कहरको बिषय परिस्थितिले देश भित्रका मजदुर किसानहरु त्यसको प्रत्यक्ष मारमा छन् भने अर्को तर्फ बैदेशिक रोजगारीमा गएकाहरुको घर फिर्तिले भबिश्यमा बेरोजगारी समस्या झन बढ्न जाने कुरालाई मध्यनजर राख्दै तिनै तहका सरकारले निमार्ण गर्ने निति तथा कार्यक्रमा मजदुर, किसान र बेरोजगारी युवाका लक्षित कार्य कार्यक्रम ल्याउनु पर्ने फियान नेपाल नेपालगंजका क्षेत्रीय संयोजक सुरेश कुमार गौतमले बताए ।
बर्तमान कोरोना कहरमा खाद्य अधिकारको सवाल पेचिलो बन्दै गएको र खाद्य असुरक्षा बढ्न जाने कुरालाई मध्यनजर राख्दै फियान नेपालले यस सवालको उठान गरि सरोकारवालासम्म पु¥याउनका लागी रेडियो कृष्णसार ९४ मेगाहर्ज र दैनिक नेपालगंजसंगको सहकार्यमा खाद्य अधिकारका बिभिन्न सवालहरुलाई उठान गर्न लागिएको गौतमले बताए ।
बर्तमान कोरोना कहरमा मुख्य गरि वन्दावन्दीमा खाद्य अधिकार र खाद्य सुरक्षाको अवस्था, स्थानिय तहको खाद्य सुरक्षा योजना, राहत वितरण प्रक्रिया,त्यसमा लक्षित बर्गको पहुच, रोजगारमा आधारित राहत वितरण प्रणाली, आइसुलेसन र क्वारेनटाइनको मापदण्ड र कार्यान्वयनको अवस्था, रोजगारीका क्रममा स्वदेश तथा विदेशबाट गाउँ फर्केकाहरुको ब्यवस्थापन तथा स्वरोजगार मुलक कार्यक्रम, वन्दावन्दीमा नोक्सानी व्यहोरेका किसान मजदुरको सवाल र सम्बोधनका उपायहरुका बारेमा सरोकारवालाको ध्यानाकर्षण गराउन अभियान नै संचालन गर्न लागिएको गौतमले जानकारी दिए ।
लकडाउनका समयमा किसानहरुले भोक्नुपरेका समस्याहरु, सरकारले खेल्नुपर्ने भुमिका, हाल सरकारले गरेका प्रयास र भाबि दिनहरुमा किसानको सवालहरुलाई सम्बोधनका लागि सरकारले बनाएका निति तथा कार्यक्रम, बेरोजगारहरुलाई सम्बोधन तथा राहतको लागि सरकारले अपनाएका कार्य्दिशाहरु जस्ता बिषयहरुलाई संचार माध्यामबाट उठान गरि सम्बोधनको प्रयास गर्ने उदेश्यले खाद्य अधिकार संरक्षण वकालत अभियान संचालन गर्न लागिएको संयोजक गौतमले बताए ।
कोभिड प्रभावित र किसान लक्षित कार्यक्रम ल्याउछौ ः मन्त्री पौडेल
प्रदेश नं ५ भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेले सरकारले कोभिड प्रभावित र किसान लक्षित कार्यक्रम ल्याउने बताएकी छन् । रेडियो कृष्णासार एफएमबाट प्रशारित खाद्य अधिकार र हाम्रो सरोकार बिषय रेडियो सम्बाद कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो निति तथा कार्यक्रमा कारोना संक्रमण फैलिन नदिन अपनाउनु पर्ने कार्य्निति, प्रभावित लक्षित कार्यक्रम ल्याएको बताईन । उनले कोबिड १९ का कारण उत्पन्न असहज परिस्थितिबाट भबिश्यमा खाद्य संकट आउन नदिन कोभिड बिशेष कृषि कार्यक्रम ल्याइएको जानकारी दिईन । कार्यक्रम प्रस्तोता वसन्त गौतमलाई अन्तरवार्ता दिदै कृषि मन्त्री पौडेलले आगामी श्रावणसम्म कार्यान्वयन गर्ने गरि तरकारी बिउँ, बिजन दुध तथा मासुको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको र उक्त कार्यक्रमबाट लक्षित बर्ग लाभिान्वित हुने बताईन । बिदेशबाट फर्किका युवाहरु लक्षित गरि जमिन बाँझो नरहने गरि उत्पादन बृद्धि गर्ने, किसान मजदुर बेरोजगार युवा लक्षित धेरै कार्यक्रमहरु सरकारको निति तथा कार्यक्रममा समावेस रहेको मन्त्री पौडेलको जानकारी दिईन ।
जिवन रहे सुधार्न र सिर्घान सकिन्छ, सम्बृद्ध प्रदेश सुखी जनता, स्वेदेशी श्रम स्वदेशमै परिना, स्माट कृषि गाउँ कार्यक्रम, गरौ ब्यवस्थित कृषि यसैबाट हुन्छ प्रदेशको सम्बृधि, एक जिल्ला एक श्रोत केन्द्र, एक स्थानिय तह एक उत्पादन, एक स्थानिय तह एक सामुदायिक बिउँ बैंक तथा नश्ल संरक्षण केन्द्र लगायतका नारा प्रदेश सरकारको निति तथा कार्यक्रममा समावेस गरिएको मन्त्री पौडेलले जानकारी दिईन । निति तथा कार्यक्रममा मजदुर, किसान लगायत कोभिड प्रभावित लक्षित कार्यक्रम ल्याईएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागी प्रदेश सरकार लागी पर्ने मन्त्री पौडेलले अन्तरवार्ताका क्रममा बताएकी थिईन ।