बाँकेको खजुरा गाउँपालिकामा रहेका २१ जना कोरोना पोजेटिभ निको भएपछि आज शुक्रबार घर फर्किएका छन् । उनीहरुलाई कोरोना विशेष अस्पतालका व्यवस्थापन टिम, जनप्रतिनिधिले शुभकामना दिए ।
बाँकेमा पहिलो संक्रमित सहित उनका कन्ट्याक्ट टेसिंगबाट फेला परेका थप २० लाई निको भएको हो । उनीहरुलाई फुल र सल ओढाएर अस्पतालबाट बिदा गरिएको हो । कोरोना निको भएकाहरुको बिदाईको दृश्य कैद गर्नका लागि बाँकेका सञ्चारकर्मीहरु अस्पताल पुगेका थिए ।
कोरोना निको भएपनि उनीहरु घरमै थप एक हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिइएको थियो । उनीहरुलाई लिनका लागि नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर अस्पताल पुगेकी थिइन् ।
संक्रमितहरु निको भएपछि कोरोना विरुद्ध फ्रन्ट लाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरु उत्साहित भएको कोरोना विशेष अस्पतालका प्रमुख डा। प्रकाश बहादुर थापाले प्रतिक्रिया दिएका छन् ।
२१ जना घर फर्किएको विषयलाई लिएर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भनेका छन्, कोरोना भाइरस जित्नेको बिदाइ उत्सव जस्तै रोमाञ्चक हुदोरहेछ। कोरोना विशेष अस्पताल खजुरामा उपचार पछिको बिदाइको दृश्यले त्यस्तै अनुभूति भो।
आफ्नो फेसबुक पेजमा मुख्यमन्त्रीले अस्पताल व्यवस्थापन परिवारलार्य बधाई र्दि.दै, उपचारमा सलग्न चिकित्सक, स्वास्थकर्मी र सबै सहयोगी हातहरुलाई, कोरोना विरुद्धको संघर्षमा उच्च मनोवल बनाएर भाइरस जित्न सफल सबै बीरहरुलाई सम्बोधन गरेका छन् ।
खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले पनि खजुरा क्यान्सर अस्पताल मा निर्मित कोरोना बिशेष आइसोलेसन अस्पतालबाट बाकेमा पहिला पटक सन्क्रमित ब्यक्ति सहित २१ जना निको भै फुल माला र खादा ओढाइ भब्यता का साथ बिदाइ गरेको उल्लेख गरेका छन् । सलाम छ तपाईं स्वास्थ कर्मी सुरक्षा कर्मी ब्यबस्थापकिय टिम लगायत कोबिड १९ विरुद्धको लडाइमा एकमना एकताका साथ प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेसबैलाई सम्झिएका छन् । उनले पत्रकार, खजुरेली जनता, खजुरा क्यान्सर अस्पतालका निर्देशक लगायत अहोरात्र खटिएका कर्मचारी सबैलाई सलाम भन्दै आज हामी खजुरेली जनता ले गौरब बोध गर्ने अबसर पाएको उल्लेख गरेका छन् ।
घर Nepalgunj News TV कोरोना जित्नेलाई के भन्छन् मुख्यमन्त्री ? के भन्छन् डाक्टर ? (विदाईदेखि स्वागतसम्मको...