बाँकेमा १४ जना कोरोना पोजेटिभ भेटिएका छन् । १ राप्तीसोनारी र १३ जना नरैनापुरका कोरोना पोजेटिभ थपिएका हुन् । नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै बाँकेका चार वटा स्थानीय तहमा कोरोना पोजेटिभ भेटिइसकेका छन् । बाँकेमा कुल संक्रमितको संख्या १ सय १५ पुगेको छ । एकको कोभिडका कारण मृत्यु भैसकेको छ । बाँकेमा २१ जना निको भएर शुक्रबार नै घर फर्किएका छन् ।
यो पनि पढ्नुस्