“यस अवस्थामा आधुनिक कृषि मार्फत विषादि रसायनिक मल रहित आर्गानिक खेति गर्न सकेमा यसको माग अवका दिनमा व्यापक रहने भएकोले आफना सदस्यहरुलाई कृषिमा सानो–सानो लगानि गरी उनिहरुलाई स्वस्थ्य कृषिमा अग्रसर गराउन सकेको खण्डमा कृषकहरुको उत्पादनको माग बढने हुनाले उनिहरुको आर्थिक स्तर वृद्धि हुने र त्यो हुनु भनेको सहकारी पनि बलियो हुनमा बेजोड अवसर हुने छ ।”


सन् २०१९ को अन्तमा चाइनाको एक सहरबाट उत्पति भएर विश्व हल्लाउने गरी फैलिएको कोरोना भाइरस COVID -19 को नेपालमा संक्रमण हुनवाट जोगाइराख्नु नेपाल र नेपालीका लागि सवैभन्दा ठुलो चुनौती हुन आएको छ । यो महामारीले विश्वव्यापी रुपमा मानवीय, आर्थिक, सामाजिक र व्यवस्थापकीय लगायत अनेकौ चुनौती सिर्जना हुन सक्दछन । विशाल जनसंख्या भएको उत्तरतर्फको छिमेकी राष्ट्र चीन सरकारले कोरोनाका संक्रमणलाई नियन्त्रणमा लिइसकेको समाचारहरु आउदै गर्दा दक्षिणतर्फका भारतमा भने दिन प्रतिदिन विकराल रुप लिदै आइरहेको छ जुन हाम्रो लागि पनि खतरा नै हो ।

अहिले नेपालमा आम जनमानसमा देखिएको आशंका, अविश्वास, र विभिन्न भ्रमलाइ स्पष्ट पार्नु ठुलो चुनौति बनेको छ । पछिल्लो चरणमा समन्वय समिति मार्फत सरकारले लिएका निर्णयहरुवाट जनतामा राम्रो सन्देश पनि गएको देखिन्छ ।

विशेषगरी ठुला जमघट भेला हुने अवस्थालाई नियन्त्रण गर्ने र काला बजारी र कृत्रिम अभाव सिर्जना गरी सरकारलाई अफठेरोमा पार्न खोज्ने जोखिमलाई न्यूनीकरण गर्न र फराकिलो आधार निमार्ण गर्न तिनै तहको संयोजनकारी संयन्त्र थप क्रियाशील हुन आवश्यक छ ।

राष्ट्रिय योजना आयोगको प्रतिवेद्न अनुसार नेपालले सन् २०३० सम्ममा दिगो विकासका लाक्ष्यलाई पूरा गर्न वार्षिक करिब ५ खर्ब ८५ अर्व बराबरको अतिरिक्त लगानी परिचालन गर्नु पर्ने हुन्छ । त्यसकालागि नेपालले बैदेशिक लगानीको भर पर्नुको विकल्प छैन तर कोरोनाको यस महासंकटका कारण नेपालले अपेक्षा गरे बमोजिम बैदेशिक लानी भित्रिने अवस्था देखिदैन जसले गर्दा नेपालको दीर्घकालीन विकासमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

कोरोनाको संकटले नेपाली अर्थतन्त्रका सवै अवस्थालाई नराम्रो गरी थला पार्ने देखिन्छ । स्वदेशमा र विदेशमा रहेका लाखौ युवाको रोजगारी गुम्ने खतरा त एकातिर छ भने महामारीका कारण नेपाल फर्कन चाहने तथा देश भित्रै अनौपचारिक क्षेत्रमा काम गर्नै युवा ग्रामीण क्षेत्रमा केन्द्रित हुने अवस्थाका कारण खाद्य असुरक्षा तथा आम बेरोजगारीको अववस्था पनि आउने देखिन्छ ।

कोरोनाको संकटले नेपाली अर्थतन्त्रमा रुपान्तरण ल्याउन सक्छ । यस्तो अवस्थामा सहकारीले हरेक नेपालीकोको घाउमा मलहमको काम गर्न सक्षम हुने छन र हुनु पर्दछ । विदेशवाट धेरेमात्रमा शिपयुक्त भएका युवाहरु फर्कदैछन उनिहरुलाई राम्रो प्रयोगमा ल्याउन सकिन्छ । उत्पादन , प्रसोधन र बजारीकरणमा उनिहरुको शीपलाई मुख्य प्रयोग गर्न सकिने अवस्था देखिएको छ ।

सहकारीले अहिलेको संकटलाइ अवसरका रुपमा बदलिने धेरै धारणहरु तयार गर्नु पर्ने हुन्छ । सरकारले सहकारीहरु संग हातेमालो गर्दे ठुलो संख्यामा रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने अवस्था छ । आफनो क्षेत्रको कृषि उत्पादकत्व बढाउन सहकारीले एक संरचना तयार गरी सहकार्यमा यो अपठ्यारोमा पार लगाउन सहजै सकिने अवस्था छ जसले सरकारलाइ आइपर्ने विभिन्न आपत वाट पार लगाउन सारथीको रुपमा काम गर्न सक्नेछ ।

यस महामारी पश्चात सहकारीमा पनि विभिन्न समस्या चुनौति आउने छन । सवै सहकारीहरुमा तरल पुँजीको अभाव रहने निश्चित पायः छ । यस्तो अवस्थामा सहकारीले आफना बचत कर्तावाट बचत उठाउन कर्जा उठाउन सक्ने सहजता छैन र बचत फिर्ता गर्न भने धरै सहकारीमा समस्याको रुपमा आउने छ जसले धरे सहकरी लाइ अन्ततः हल्लाएर राख्ने देखिन्छ ।

सहकारी भनेको आफना सदस्य मुखी संचालित स्वायत्तकारी संस्था भएकोले तरल पूँजी सहकारीमा प्रसस्त मात्रामा संचित नभए पनि सवै सदस्यहरुलाई गु्रप गु्रप गरी भेला गराइ सम्पूर्ण संचालकले छलफलको विषय बनाउन अति आवश्यक छ । सदस्यले नै चलाएको सहकारी भएकाले सदस्यले आफनो संस्था डुव्न नदिनकालागि हरेक साधारण सदस्यहरुले सानो योगदान दिनु पर्ने आवश्यक देखिन्छ तर यसो भन्दैमा साधारण सदस्यको दैनिक आय बन्द भएको बेला वा आवश्यक परेको वेला काम नलागेको बचत कहिले काम लाग्ने भन्ने मुल प्रश्नले आफनो उत्तर खोजेको हुन्छ । सदस्यहरुसंग प्रत्यक्ष भेला गराइ आपसी छलफल चलाइ कसरी पूँजी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा निश्कर्षमा जान सकिन्छ । अति आवश्यक भएका सदस्यहरुलाई सानो रकम जुन आवश्यक छ त्यति मात्र उपलव्ध गराउने हो भनि अति आवश्यक भएका सदस्यहरुको गर्जौ पनि टारिने सहकारीमा भोलिका दिन हुन आउने समस्य पनि समाधान हुने देखिन्छ ।

केहि बजार मुखि वा गैह् सदस्यहरुसंग कारोवार गर्ने सदस्यहरुको हकमा भने केही कठीनाइ आउन सक्ने देखिन्छ जसमा सहकारी समयमै सजगता अपनाइ कार्य गर्ने हो भने भोलिका दिनमा हुन सक्ने दुर्घटना वाट जोगीन सकिन्छ ।

बर्तमान महामारीको असरका कारण यहि चैत्र ११ देखि शुरु गरिएको लकडाउन कार्यक्रमले नेपालको अर्थतन्त्रमा विचलन हुने कुरा निश्चित छ । कृषि क्ष्ोत्रमा यसको खासै असर भने नपर्न सक्छ तर अन्य सवै क्षेत्रमा यसको असर निकै पर्ने र ठूलो आर्थिक संकटमा परिने कुरा निश्चित छ जुन कुराको परिपूर्ति गर्न वा सहज हुन नेपाललाइ अझै कम्तीमा पनि ५ वर्ष थप लाग्ने अनुमान गर्न सकिन्छ । यसवाट नेपाललाइ चुनौती र अवसर दुवै मिल्नेछन ।

निर्वाहमुखीनै भए पनि नेपालको कृषिको रोजगारी सिर्जना र प्रसारको संभावना आकर्षक छ । दैनिक उपभोग केन्द्रित कृषि उत्पादकत्वमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख हुने गरी यस क्षेत्रलाई पुनःजागृत गर्न अहिलेको संकटमा एउटा अवसरपनि बन्न सक्नेछ ।

हिजो हाम्रो करेसावारीमा आफुलाई चाहिने फलफूल साग सव्जी प्रसस्तै फलाउने गरेका थियौ त्यो गर्नपनि सकिन्छ । बजारमा आउने विषादि युक्त तरकारी रसायनिक युक्त तरकारीको साटो करेसावारमिा साग सव्जी लगाउनाले अर्गानिक तथा ताजा खान पाइन्छ यहि क्रमलाई नै हामिले आदत वानि व्यहोराका रुपमा आफुलाइए आवश्यक पर्ने वा व्यवसायिक रुपमा यो व्यवसाय पनि त गर्न सकिन्छ ।

कोरोनाले गर्दा अहिले नेपालमात्र होइन संसार आतकित छ यसले मानिसको रहनसहनमा नै परिवर्तन ल्याइदिएको छ । संसारको अर्थव्यवस्थामा मन्दी छाएको छ । तर यस महामारी पश्चात पनि नया बदलाव आउने निश्चित छ । विश्वमा ठुला ठुला महामारी इतिहास नै बदलिएको उदाहरण हामिसंगै छ

नेपालकालागि यो बेला राष्ट्रिय अर्थतन्त्रको पुनर्संरचना गर्ने, आत्मनिर्भर बनाउने र भविष्यमा आउनसक्ने प्रकोप नियन्त्रण तयारीको अवसर पनि हो ।

सरहकारीमा तरलताको संकट आउने देखिन्छ । सदस्यहरु आफुले जम्मा गरेको सानो सानो रकम फिर्ता खोज्नेछन । उनिहरु आफनो दैनिक आवश्यकताकोलागि पनि बचत गरेको रहम खोज्ने छन र सहकारी प्रायःले १५ देखि २० प्रतिशत मात्र तरल पूजी संचित गरेका हुन्छन जसले गर्दा सवै सदस्यहरुलाई उनिहरुको आफुले जम्मा गरेको पुँजी फिर्ता गर्न सहकरीलाई कठिन हुने देखिन्छ ।

बचत गर्ने सदस्य , कर्जा लिने सदस्यहरु सवै यो कोरोना महामारकिो चपेटमा परेका छ महिना देखि कुनै कल कारखाना, उद्योग, व्यवसाय केहि संचालनमा आएका छैनन् यस्तो अवस्थामा आम्दानि हुने कुरा पनि भएन यस्तो अवस्थामा कर्जामा अत्याधिक भाखा नाघने देखिन्छ । उनिहरुको आम्दानीनै छैन भने सहकारीवाट लिएका कर्जाको सावाँ व्याज तिर्न असक्षम हुने र कर्जाको भाखा नाघने दखिन्छ ।

गाउँघर, बजार , व्यवसाय , उद्योग सवैमा मंदी छाएको छ । जसले गर्दा कुनै व्यक्तिले आफुले आयआर्जन गर्न पाएका छैनन आय आर्जन नै नभएपछि बचतमा कमी आउने निश्चित छ । बचत संकलननै भएन भने सहकरीको दैनिक आर्थिक व्यवस्थापनमा संकट हुन सक्नेछ ।

कामको खोजिमा ऋणी पलाएन हुन सक्ने सम्भावना धेरै हुने छ । सहकारीहरु साना साना आय भएका व्यक्तिहरुसंग काररोवार गर्ने भएकाले उनिहरुको कुन बेला व्यवसाय , जागिर तथा आय श्रोत गुम्ने हो थाह हुदैन तसर्थ उनिहरुका आम्दानिका लागि पलाएन हुने सम्भावना रहने छ । त्यतिकै मात्रमा बेरोजगारीको समस्या पनि आउने छ । काम हुदैन साना उद्योग कल कारकाखान धरासयी भएपछि उनिहरुमा बेरोजगारीको समस्या आउन सक्नेछन ।

सहकरीहरु सवै एकनासका छैनन् कोहि सानो सानो पुँजी, तरल व्यवस्थापन नभएका , सहकारीका नियममा नचलेका वा आफनो मनमानी र आधुनिक सहकारी सिद्धिान्त अनुसार नचलेका सहकारीमा पनि समस्याहरु आउने र उनिहरुमा सुरक्षाको चुनौति पनि रहने देखिन्छ ।

जब आफनो आम्दानी श्रोत केहि हुदैन तब उनिहरु आफुले र आफुसंग भएको आर्थिक श्रोतलाई दैनिक उपभोग्य आवश्यकता पुरा गर्न खर्चिनु पर्ने हुन्छ सहकारीमा सदस्यहरुको बचत, शेयर रकम समेत उनिहरुलाई आवश्यक पर्ने अवस्था देखिदा सदस्यहरु मजबुर भएर सहकारीको सदस्यता त्याग्ने अवस्था आउने छ र त्यस्ता सदस्यहरुको दरमा बृद्धि हुदै जाने छ ।

मानिसहरु आफनो स्वास्थ्य प्रति सजग र सचेत हुदै जानेछन र यस अवस्थामा आधुनिक कृषि मार्फत विषादि रसायनिक मल रहित आर्गानिक खेतिगर्न सकेमा यसको माग अवका दिनमा व्यापक रहने भएकोले आफना सदस्यहरुलाई कृषिमा सानो सानो लगानि गरी उनिहरुलाई स्वस्थ्य कृषिमा अग्रसर गराउन सकेको खण्डमा कृषकहरुको उत्पादनको माग बढने हुनाले आर्थिक सहयोग हुने भए पछि सहकारी पनि आत्मनिर्भर हुनमा बेजोड अवसर हुने छ ।

अवसरहरु ः
सरकारीले सहकारी मार्फत अवका अवसरमा हातेमालो गर्दे देश र जनताको आर्थिक स्तरलाई समानान्तर रुपमा उकास्न सकिने देखिन्छ । सहकारी मार्फत कृषि उत्पादनमा तथा स्थानिय उत्पादनमा लगानि गरी यसको राम्रो फाइदा लिन सकिने देखिन्छ ।

विना कामका खर्च गर्नु हुदो रहेनछ भन्ने कुराको यस महामारिले भित्रको आवश्यकताले देखाइदिएको छ । तसर्थ मानिसहरु फिजुल खर्च नगरी मितव्ययितामा सजक रहने छन जसले गर्न खर्च गर्नैहरुका जमातहरु पनि मित्वव्ययिता गर्नु पर्छ भन्नेहरुको बृद्धि हुने छ ।

यस्तो विकराल अवस्थामा परिवारवाट अलग भएर बस्नु पर्ने पिडाका कारण नेपालमै आइ केहि गरौ न भन्ने भावना वा बृद्धि हुनेछ । परिवार २ छाक मिठो मसिनो खाने तर परिवारसंगै बस्न पाए हुने थियो भन्ने भावनाले गर्दा यसलाई मुल अवसर बनाइ सहकरी मार्फत साना तथा मझौला खालका उद्योगहरुमा लगानी गर्न सकिने छ । जसले आत्मनिर्भरतामा बृद्धि हने र स्वदेशमानै रोजगारीको अवसरहरु सिर्जना हुने देखिन्छ र विदेश पलाएन मा कमि आउने छ। ।

देशमा आउन सक्ने आथिृक संकट , तरलताको अभाव, प्रविधिमा जानुपर्ने वाध्यता , दक्ष कर्मचारीको अभाव , सदस्यता त्यागी सुविधायुक्त संस्थामा सदस्यहरु जाने क्रम जस्ता कारणले अवको अवस्थामा सानो छरीतो , सुन्दर र आफनै सहकारी होइन ठुलो , सक्षम, गुणस्तरीय र विशाल सहकारी निर्माणकालागि एकीकरण एकमात्र उत्तम विकल्प रहेको छ र जसले गर्दा यस्ता सोच राख्ने सहकारी वीच एकिकरण गर्न सहज हुनेछ । (चन्द जयपृथ्वी कृषि सहकारी संस्था लि.का अध्यक्ष हुन्)

प्रतिक्रिया

प्रतिक्रिया