भाबुक योगी/बर्दिया
बर्दिया बर्दियाका स्थानीयबासिले बर्दिया जिल्लामा काेराेना विशेष अस्पताल स्थापनाकाे माग गरेका छन् ।
बर्दियाकाे राजापुर नगरपालिकामा पहिलोपटक एक बालिकामा काेराेना पाेजेटिभ पुष्टि भएपछि उपचारका लागि समस्या भएको भन्दै राजापुरका स्थानीयले बर्दियामा काेराेना विशेष अस्पतालकाे माग गरेका हुन् ।
यसैबीच बर्दियाकाे जिल्ला समन्वय समितिकाे कार्यालय परिसरमा ५० बेडकाे आइसोलेसन कक्ष निर्माणका लागि तयारी थालिएको जिल्ला समन्वय समितिका संयाेजक शंकरप्रसाद थारुले जानकारी दिए ।
छिमेकी जिल्ला कैलाली र बाँके अनि छिमेकी देश भारतसंग सिमा जाेडिएकाे बर्दिया जिल्ला काेराेना संक्रमणकाे उच्च जाेखिममा छ ।
उच्च जाेखिममा रहेकाे बर्दिया जिल्लाका ८ वटै पालिका, बिपद् व्यवस्थापन समिति लगायतको सहयाेगमा समन्वय समिति परिसर र प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आईशुलेशन कक्ष निर्माण गर्ने तयारि गरिरहेकाे छ ।
बर्दियाका ८ वटै पालिकाले ५ लाख रकम सहयाेग गर्ने, अपुग रकम जिल्ला बिपद् व्यवस्थापन समिति लगायतका विभिन्न संघ संस्था र प्रदेश सरकारसंग माग गरि तत्काल आईसुलेशन कक्ष स्थापना गर्ने जनाईएकाे छ ।
यस्तै ठाकुरबाबा नगरपालिकाकाे बर्दिया निकुञ्जकाे मध्यवर्ती क्षेत्रमा पर्ने नेपाली सेनाकाे अम्रेनी पाेष्ट नजिक रहेकाे भवनमा काेराेना विशेष आइशुलेसन कक्ष निर्माण गर्न पहल थालिएको नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।
आइशाेलेसन कक्ष र काेराेना बिशेश अस्पतालका लागि बहुसराेकारका सवालमा सहजिकरण गर्दै आईरहेकाे संवाद समूह र नेपाल रेडक्रस साेसाईटिले यसअघि देखि पहल थालेकाे रेडक्रसकर्मी यज्ञ नेपालले बताए ।
यसैबीच लकडाउन भएकाे २ महिना पुग्दा पनि बर्दियाका ८ वटै पालिकाका केही विपन्न घरपरिवारलाई साँझ विहानकाे छाक कसरी टार्ने समस्यामा हुँदा राहत स्वरुप खाद्यान्न उपलब्ध गराउन नसकेको जनगुनासाे बढेकाे छ ।